प्रिया स्मृती गजमेर,देउखुरी। लमही च्याम्बर अफ कमर्सले आज लमही अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

अध्यक्ष अजय न्यौपानेको नेतृत्वमा गएको टोलीले ४० जना बिरामीलाई फलफुल वितरण गरेको हो । पछिल्लो समय यता लमही च्याम्बर अफ कमर्सले बिभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ । खासगरी ब्यबसायीहरुको हक,हितका आवाजहरु उठाउने मुख्य उद्देश्य रहेको अध्यक्ष अजय न्यौपानेले बताएका छन् । भिटामीन र पौष्टिक आहाराको कमीले बिरामी भएका बिरामीलाई थोरै भए पनि उर्जा मिलोस भनेर फलफुल वितरण गरिएको उनले बताए । साथै बिरामीहरुको शारीरिक तन्दुरुस्तीका लागि पनि महत्वपूर्ण हुने न्यौपानेले बताए । फलफुल वितरण कार्यक्रममा लमही च्याम्बर अफ कमर्सका सचिब निर्मला ज्ञवाली,सह कोषाध्यक्ष प्रमोद बस्नेत, सदस्यहरु राजेन्द्र श्रेष्ठ,कृष्ण कुमार थापा,केशब ओली लगायतको उपस्थित रहेको थियो । फलफुल वितरण गर्ने लमही च्याम्बर अफ कमर्सलाई अस्पताल प्रशासनले धन्यबाद दिएको छ ।