बिमल प्रसाद पाेख्रेल, प्युठान
प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर २ स्थित बादिकाेट शिलिङ्गेमा हेन्डपाईप परिक्षण गरि पानी निकालिएकाे छ। समुन्द्री सतह देखि १ हजार ५ सय ५०मिटर उचाईमा पानी निस्किएको हो। यश अघि यहाँ करिब दुई सय बर्ष पुरानाे ईनार रहेकाे र साे ईनार सुकेर पुरिएकाे अबस्थामा थियाे। २०६२ साल देखि सुख्खा समथर बनेकाे ठाउमा कसरी पानी निस्किएला कसैले साेचेका पनि थिएनन। पानिकाे महामारि पर्न थालेपछि स्थानिय रुमानसिङ परिवारकाे अनुभव र वडा अध्यक्ष बलबहादुर एम सि काे पहलमा पानी निकालिएकाे छ।
बलभद्र मा बि काे छेउमै निकालिएकाे पानी पिउनेकाे भन्दा चापाकल हेर्नेकाे भिड लागेकाे बताउहुन्छ वडा सदस्य बाबुराम बि क। चापाकलबाट पानी निस्किएपछि स्थानिय र मा बि बिधालयका बिधार्थि शिक्षक काककुल हुन बाट मुक्ति पाएकाे अध्यक्ष एम सि बताउनु हुन्छ।
Advertisement