
सुरज भट्टराई , देवदह ।। देवदह आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत वडा नं ४ का ९ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । वडा नं ४ द्वारा छात्रवृत्तिलागि ५० हजार विनियोजन गरेको बजेटबाट उक्त छात्रवृत्ति वितरण गरिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी समेत रहुनु भएको देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले आर्थिक अवस्था कम्जोर भएकै कारण पढाई विचमा छोड्न नपरोस् र अझ हौसला मिलोस भन्ने उदेश्यले आफ्ना वडाका ९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको बताउनु भयो। साथै उनीहरुको शैक्षिक प्रगती संगै उज्ज्वल भविस्यको कामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका बिधालय संचालक समितीका अध्यक्ष धुर्व प्रसाद खरेलले वडा नं ४ ले जिम्मेवारी पुर्ण कार्य गरेको र जनप्रतिनिधिको दायित्व पूरा गरेको मा खुशी एवम् धन्यवाद प्रकट गर्नु भएको थियो। उनले यी कार्य नेपाल अधिराज्य भरिका जनप्रतिनिधिले अनुसरण गर्न मिल्ने बताउनु भयो । कार्यक्रम सोही क्याम्पसका शिक्षाक जयकिसन अधिकारीको संचालनमा भएको थियो।
छात्रवृत्ति पाएका बिद्यार्थीको नामावली
१.सदिक्षा आचार्य , देवदह ४
२.विमल ढकाल न्यौपाने, देवदह ४
३.केशव , देवदह ४
४. प्रतिमा गिरि , देवदह ४
५.धनमाया खवास, देवदह ४
६.ममता खवास, देवदह ४
७.पवित्रा जोगि थारु, देवदह ४
८.सेखर थारु, देवदह ४
९.निम कुमारी नेपाली, देवदह ४
छात्रवृत्ति पाएकोमा बिद्यार्थीहरु निकै खुशी भएका थिए ।