प्रिया स्मृती गजमेर,देउखुरी ।
एशियाली बिकाश बैक एडिबिका उपनिर्देशक शिबहरी पौडेलले दोस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत सचालित लमही खानेपानी आयोजना उत्कृष्ट आयोजनाको रुपमा स्थापित भएको बताएका छन ।
एडिबिको मापदण्ड अनुसार आयोजनाले सबै मापदण्ड पुरा गर्न सफल भएकोमा प्रसंसा ब्यक्त गर्दे लमही खानेपानी आयोजना एशियाली बैकाश बैकको ऋण सहायताबाट सचालित आयोजना मध्य राम्रो आयोजनाको रुपमा पर्न सफल भएको धारणा राखेका छन । दोस्रो साना शहरी खानेपानी आयोजनाको अबधि समाप्त भईसकेको र आयोजना समाप्तिपछि डेडबर्षको अबधिमा आयोजनाको अबस्थाको अनुगमनका क्रममा लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको स्थलगत अनुगमनका क्रममा पौडेलले सो कुरा बताए । प्रमुख अतिथि पौडेलले उपभोक्ताहरुको खानेपानीको स-साना मागहरुलाई सम्बोधन गर्न सस्थाले स्थानिय सरकार संग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरेका छन । खानेपानीलाई देशको मुल कानुनले नैसर्गिक अधिकारको रुपमा लिएको र पानी प्रत्येकको लागी पलभर पनि नभई नहुने भएकोले माग अनुसारको आपुर्ति पुरा गर्न आयोजनाले स्थानिय सरकारसंगको सहकार्यलाई अगाडी बढाउन आग्रह गरे । एडिबिको मिसन टोलिमा उपनिर्देशक शिबहरी पोडेल, आयोजना उप निर्देशक नारायण प्रसाद आचार्य,आयोजना ब्यबस्थापन कार्यान्वयन निर्देशक बिधान भट्टराई,पिएमसिका टिम लिडर हरि प्रसाद भट्टराई, नगरबिकाश कोषका शुबास राज पन्त, रामकुमार श्रेष्ठ, शुबास भट्टराई सहितको टोलिले आयोजनाको अनुगमन गर्नुका साथै बर्तमान अबस्थाको बारेमा अन्तरक्रिया समेत गरेको हो । लमही खानेपानी उपभोक्ता समितिका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता तथा एशियाली बिकाश बैक एडिबिका उप निर्देशक शिबहरी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष जंग बहादुर चौधरी, देउखुरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष योगमाया शाही, सदस्यहरु बसुदेब गौतम , ऋषि राज रावत, श्यामकला भुषाल , सिता शाही, कार्यालय ब्यबस्थापक भगवती चौधरी लगाएतले लमही खानेपानी आयोजनाको बर्तमान अबस्था र भाबि कार्यदिशाको बारेमा आ-आफ्नो जिज्ञासा राखेका थिए भने कार्यक्रमको सचालन सचिब सनम कुमार पौडेलले गरेका थिए ।
लमही खानेपानी उत्कृष्ट आयोजना-उपनिर्देशक पौडेल
लमही खानेपानी उत्कृष्ट आयोजना-उपनिर्देशक पौडेल
Advertisement
तपाईको प्रतिक्रिया