देउखुरी। लमही स्थित राेजि बड्स बाल बाटिका वाेर्डिङ्ग स्कुल लमहीमा प्लस टु साइन्समा व्रिज काेर्ष अध्ययनरत विद्यार्थीकाे रगत समूह जाँच गरिएको छ । विद्यालयले विद्यार्थीकाे नि:शुल्क रगत समुह जाँच गरेकाे विद्यालयका भ्वाइस प्रिन्सिपल बसन्त न्याैपानेले जानकारी दिनुभयाे । एक सय ४० जना विद्यार्थीकाे रगत समुह जाँच गरिएको छ ।
Advertisement

विद्यार्थीकाे रगत समुहकाे जाँच बिएस्सी नर्सिङ अस्मिता डिसी, माइक्राे वायाेलाेजिस्ट प्रेमप्रकास पाण्डेले गर्नु भएको थियाे । रगत समुह जाँच कार्यक्रम विद्यालयका प्रिन्सिपल राजु यादव, विज्ञान संकाय संयाेजक पूर्ण अाेली र शिक्षक नारायण अाचार्यकाे सहभागीता रहेकाे थियाे ।

