टेक बहादुर पुन,लमही। युबा अबस्था होस्, अधबैसे होस् चाहे जेष्ठ नागरिक । सबैको नया ठाउँ हेर्ने रहर उत्तिकै हुन्छ । उमेरले नेटो काट्दै जान्छ, सबैबाट बृद्व अामाबुवा पन्छिदै जान्छन । छोराछोरी सामु अाफ्नो चाहना खुलेर भन्न सक्ने अबस्था पनि हुँदैन । ईच्क्षा हरुलाई मनभित्रै दबाएर घरमै कोचिनुपर्ने जेष्ठ नागरिकको पिडा कम त छैन । प्राय छोराछोरीले बृद्व अामाबुवा लाई सँगै हिँडाउन मन गर्दैनन् किनकि त्यहाँ ईच्क्षा, चाहना बिभाजन भइदिन्छ । त्यसैले लमही नगरपालिका वडा ५ को कार्यालयले जेष्ठ नागरिक लाई शनिबार घोराहीको धारपानीमा धार्मिक अबलोकन सँगै सम्मान गरेको छ । वडाको १ लाख २५ हजार खर्चिएर वडा अन्तर्गतका ७८ जना जेष्ठ नागरिकलाई दोसल्ला सहित प्रत्यक ब्यक्ति ८सयका दरले नगद समेत हस्तान्त्रण गरिएको हो ।
“बिगत सम्झिन्छु घुम्न मन लाग्छ, एक्लै सम्भब पनि छैन, ८६ बर्षिय खुबिराम अाचार्यले भन्नुभयो- वडाले हाम्रो मनोभाबना बुझ्यो ।” अर्का जेष्ठ नागरिक ७० बर्षिया सम्झना खड्काले अाज मातातिर्थको दिन सम्मान सहित अबलोकनमा लिएको भन्दै खुसि ब्यक्त गर्नुभयो ।
त्यस्तै ७४ बर्षिय भुमिराम भट्टराईले पनि खुसी हुँदै वडाका सम्पुर्ण टिमलाई शुभकामना दिनुभयो ।
उहाँहरु जस्तै अबलोकनमा निस्किएका सबै जेष्ठ नागरिकहरुले वडा प्रति धन्यबाद ज्ञापन गरेका थिए ।
जेष्ठ नागरिकहरुकै अाग्रहमा अबलोकनमा निस्किएको वडा अध्यक्ष बिम बहादुर केसीले बताए । सबैले सम्मान गर्नुपर्ने बताउदै अध्यक्ष केसीले जेष्ठ नाजरिक भएर नै अाफु यो स्थानमा रहेको अौँल्याए ।
“सँयोग पय्रो माता तिर्थ अौँसीको, केसीले भन्नुभयो-अामाको अाशिर्बाद त छँदैछ, जेष्ठ नागरिकको अाशिर्बाद अमुल्य हुन्छ ।”
जेष्ठ नागरिकलाई सम्मान
जेष्ठ नागरिकलाई सम्मान
Advertisement
तपाईको प्रतिक्रिया