काठमाडौं : आज मे १ तारिख, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
मे दिवसका दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा विभिन्न राजनीतिक दलसँग सम्बद्ध मजदुर संगठनले अन्तरक्रिया चेतनामूलक र्याली जस्ता कार्यक्रम आयोजना गर्न लागेका छन् । राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।
नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन् ।
उनीहरुले संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको भन्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।