• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गुल्मी दजाकोटका २ हजार जना झाडापखालाको जोखिममा


  •   मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
  • गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका छन् । प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका अनुसार उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका हुन् ।
    झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    झाडापखलाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ भने १९२ जना विरामी भइ उपचाररत छन् । झाडापखालाका विरामीमध्ये ५९ वर्षीया कुमारी सिंजालीको चितवन मेडिकल कलेजमा, ६ जनाको गुल्मी अस्पतालमा र अन्यको स्थानीय एक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल र मुसिकोट नगरपालिकाको सहभागितामा र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिएको छ । पानी शुद्धीकरण गर्न ५ हजार चक्की क्लोरिन वितरण गरिएको र झाडापखाला नियन्त्रणमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।

    महाशाखाले रोग नियन्त्रण र व्यवस्थापनका लागि नमूना परीक्षण गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सकसहितको टोली प्रभावित स्थलमा परिचालन गरेको थियो । घटनाको पूर्ण विवरणसहित प्रतिवेदन पेश गर्न लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल अधिकृत दुर्गा खत्रीको नेतृत्वमा स्वास्थ्य निर्देशनालयका हे।अ।कृष्ण यादव र गुल्मी अस्पतालका शिशिर सिलवाल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरी घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ ।

    यस्तै दाङको राजपुर(४ मा फैलिएको दादुरा पनि नियन्त्रणमा आइसकेको मन्त्रालयले जनाएको छ । राजपुरमा चैत २५ मा एक बालिकामा देखिएको दादुरा ९ देखि १४ वर्ष उमेरका ३७ जना बालबालिकामा फैलिएको थियो ।

    अधिकांश बालबालिकाले दादुराविरुद्धको खोप नलगाएको भेटिएको मन्त्रालयले जनाएको छ ।दादुरा संक्रमणको पूर्ण प्रतिवेदन पेश गर्न राप्ती प्रादेशिक अस्पताल दाङका मेडिकल अधिकृत डा. मिनचन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश न्यौपाने र स्वास्थ्य कार्यालय दाङका सुपरभाइजर सदस्य हुनुहुन्छ ।

    मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation