• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ९. प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी

  • १०. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

प्रविधिमैत्री शिक्षक समाजको अन्तरक्रिया सम्पन्न, प्रादेशिक सम्मेलन बैशाख २८ गते हुने


  •   आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    गणेश बेल्बासे संगम / बुटवल ।
    प्रविधिमैत्री शिक्षक सामाज नेपालको आयोजनामा आज शनिवार अन्तरकृया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । शिक्षामा सूचना तथा सञ्चार प्रविधिको तयारी, निर्माण, पुनरुत्पादन तथा खोज गर्दै शिक्षण सिकाइ र विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी ढङ्गले वर्तमान समय सुहाउँदो बनाउने उद्देश्यले स्थापना भएको प्रविधिमैत्री शिक्षक समाज नेपालले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् प्रविधिमैत्री शिक्षक सामाज नेपालका केन्द्रिय अध्यक्ष भूपति बस्यालले शिक्षकहरुको वर्तमान भुमिकाले मात्र शिक्षामा आमूल परिवर्तन नहुने बताउनु भएको छ । प्रविधिलाई सर्वप्रथम शिक्षकले अंगिकार गर्नुपर्छ । शिक्षणलाई वैज्ञानिक, व्यवहारिक र जीवनउपयोगी बनाउन शिक्षकले स्वयम आफ्नो व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिँदै स्मार्ट दिमागका शिक्षकले मात्रै स्मार्ट शिक्षा दिन सक्ने बताउनु भयो । शिक्षकहरुलाई प्रविधिमैत्री बनाउनका साथै शिक्षण सिकाइलाई प्रविधियुक्त र सीपमूलक बनाउन यो अभियान संचालन गरेको उहाँले जानकारी दिनु भयो । अब कम्प्युटर चलाउन नजान्ने, इन्टरनेटमा सामग्री खोज्न नजान्ने व्यक्ति असल शिक्षक बन्न नसक्ने भएकाले नै समाजले आफ्नै पहलमा शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने पहल शुरु गरेको उहाँले जिकिर गर्नुभयो । ‘अब शिक्षकको भुमिका पनि रुपान्तर हुन जरुरी छ, अब शिक्षण सिकाइ सुधारमा केन्द्रित हुन जरुरी छ ।’– बस्यालले भने–’समाजले त्यसैको शुरुवात गरेको छ ।’ शिक्षकहरूले प्रविधियुक्त शैक्षिक सामग्रीको प्रदर्शन गर्ने र त्यस मार्फत अरू लाई लाभान्वित गरिने प्रविधि मैत्री शिक्षक समाज नेपालका अध्यक्ष भूपती बस्यालले बताउनु भयो ।

    त्रिभुवन युनाइटेड एकेडेमीमा आयोजित कार्यक्रममा रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके लगाएतका जिल्लाहरुबाट प्रविधिमैत्री शिक्षकहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मार्फत प्रदेश नं ५ मा यही वैशाख २८ गते प्रविधिमैत्री शिक्षक समाजको प्रदेश भेला हुने जानकारी गराइएको छ । भेलालाई सम्पन्न गर्न पर्शुराम ढकालको संयोजकत्वमा ९ सदसिय भेला व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै आर्थिक समितिको संयोजकत्वमा मनोज विक्रम विष्ट रहनु भएको छ । त्यस्तै प्रचार प्रसारको लागि ५ नं. प्रदेश अन्तरगतका जिल्लाहरूमा सम्पर्क शिक्षक समेत तोकिएको छ ।

    कार्यक्रममा सहभागी शिक्षकहरु बिचमा परिच्यात्मक, छलफल र अन्तरकृया कार्यक्रम गरिएको थियो ।

    सैद्धान्तिक शिक्षा लाई व्यवहारिक बनाउन सरकारी स्तरका साथै विद्यालयस्तरबाट पहल गर्नुपर्नेमा शिक्षकहरूको जोड छ । नीतिगत रूपमै सरकारले प्रविधिमैत्री शिक्षाको व्यवस्था गर्नुपर्नेमा बोल्ने वक्ताहरूले जोड दिए ।

    देशभरिका विभिन्न विद्यालयमा शिक्षण गर्ने शिक्षकहरूले आफूले कुन शिक्षण विध प्रयोग गरी प्रभावकारी शिक्षण गर्न सक्छ भनेर शिक्षण कौशल अभिवृद्धि गर्ने उद्देश्यले उक्त शिक्षक समाज २०७५ सालबाट आधिकारिक रुपमा सुरु भएको हो । बुटवलको कालिका मानव विज्ञान माविमा यही वैशाख २८ गते प्रविधि मैत्री शिक्षक समाज नेपालको प्रथम प्रदेश भेला हुने भएको छ । समाजले सबै प्रविधिमैत्री शिक्षकहरुलाई उपस्थितीको लागि अनुरोध समेत गरेको छ ।

    कार्यक्रम प्रविधिमैत्री शिक्षक समाजकी केन्द्रिय सदस्य अम्बिका कंडेलको अध्यक्षता र शिक्षक रामचन्द्र बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

    आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 
    गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै
    मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद
    प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट
    भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द
    गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • २.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ७.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ८.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation