कामना डेली, काठमाडौं। नेपालमा बिद्यमान रहेको समस्या गरिवीका कारण दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरु बिदेशीने गरेको तितो यथार्थ हाम्रो समाजमा यथावत नै छ । केहिले बिदेशमा राम्रै कमाइ गरेमा हुन्छन् भने अधिकाशंलाई भनेजस्तो काम नमिल्ने, भनेजस्तो तलव नपाउने जस्ता समस्यामा परेका हुन्छ । यहि यथार्थलाई टपक्क टिपेर गीतमा उतारेका छन् गीतकार प्रकाश क्षेत्रीले ।
हमाल म्युजिक प्रा.ली.को प्रस्तुतीमा प्रकाश क्षेत्रीको आमा बोलको गीत यसै साता मात्र डिजिटल बजारमा सार्वजनिक भएको छ । गोबिन्द चापागाईँ र जुना श्रीसको आवाजमा रहेको गीतमा गीतकार क्षेत्रीका शब्दमा राम्जी पौडेलको लय सृजना रहेको छ ।
नारायण भट्टराईको निर्देशन रहेको गीतमा राजु थापा, मना चापागाईँ, मान्सी पुन लगाएतको अभिनय रहेको छ । शिव भुर्तेलको छायांकन तथा सम्पादन रहेको गीतलाई हमाल म्युजिक प्रा. ली.को आधिकारीक युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
पुरै गीत हेर्नुहोस :
https://youtu.be/ZZz-Owso0PM