कृष्ण गैरे , कपिलवस्तु।
कपिलवस्तुको शिवराज नगरपालीका वडा न ५ चन्द्रौटाको सान्तीटोलमा सान्ती वाल कल्वको गठन भएको छ । वाल अधिकार संरक्षणको लागी सान्तिटोलका वालवालीकाहरु संगठीत भई वाल कल्वको गठन भएको हो ।
वाल संसार शैक्षीक प्रतिष्ठानका प्राध्यानाध्यापक विष्णु प्रसाद पौडेल ,मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु प्रसाद खतिवडा , होटल व्यवसायी संघका जिल्ला उपाध्याक्षय लेखनाथ घर्ती लगाएतका अभियानन्ताहरुको अग्रसरतामा वाल कल्वको गठन भएको छ ।
वालीका सरिता वेल्वासेको अध्यक्षतामा ११ सदस्यी समीतीको वनाईएको छ । जसको सचिवमा विमल जिसी , कोषाध्यक्षमा सुभेक्षा पौडेल , सदस्यहरुमा श्रृजना पौडेल , अगत न्यापाने , सुनिता पन्थी , अन्जली विष्ट ,सुदिप केसी , दिपक क्षेत्री ,सुभम पौडेल , र विकास भटराई चयन भएका छन ।
त्यस्तै वालवालीका र उनीहरुका अभिभावकको भेलाले विष्णु प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समीती समेत गठन गरेको छ । जसको सदस्यमा विष्णु प्रसाद खतिवडा , वुद्धी पौडेल , सिता न्यापाने ,र मिना वि.क.चयन हुनुभएको छ ।
कल्वले टोल सरसफाई गर्ने मंगलवार लाग्ने वाख्रा वजारमा सौचालयको व्यस्थापनको लागी पसु हाट वजार संचालक संग माग गर्ने , वालवालीकाको अधिकार संरक्षण संग सम्वन्धीत विभिन्न जनचेतनामुलक काम गर्ने वताएको छ । वाल कल्व गठन पश्चात राष्टिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु प्रसाद खतिवडा , रेडियो समानताका स्टेशन म्यानेजर कृष्ण गैरे , न्युज सेन्टर नेपालका सनिउल्ला धोवी लगाएतले कल्वलाई नमुना कल्व वनाउनको लागी सुभकामना व्यतm गर्नुभएको थियो ।