प्यूठान । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै प्यूठानका पत्रकारहरु धर्ना बसेका छन । बिहिवार विहान साढे ९ बजेदेखि साढे १० बजेसम्म एक घण्टा जिल्ला प्रशासन कार्यालय खलंगा अगाडी धर्ना बसेका हुन ।
Advertisement
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आव्हानमा धर्ना कार्यक्रम गरिएको प्यूठान शाखाका सचिव विजयसिंह भारतीले बताए । ‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ बुँदा लगाएर पत्रकारलाई कारवाही गर्न पाइदैन’ ,आफुहरुको माग बारे सुनाउँदै उनले भने, ‘पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिना शर्त रिहाईको माग गर्दछौं ।’
पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको विरोध व्यानर सहित जिल्लाका क्रियाशिल पत्रकारहरु धर्ना बसेका छन