कृष्ण गैरे , कपिलवस्तु
फफुरी ईङग्लीस वोडिङ स्कुल चन्द्रौटाको वार्षिक उत्सव तथा नतिजा प्रकासन कार्यक्रम सम्पन्न भएको छ । विधालय प्रांगणमा आज एक भव्य समारोहको विच वार्षिक उत्सव तथा नतिजा प्रकासन कार्यक्रम सम्पन्न भएको हो । समारोहलाई शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले उदघाटन गर्नुभएको थियो ।
प्रमुख अधिकारीले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको वताउनुभएको छ । मुलुकमा विभिन्न राजनैतिक आन्दोलन पुरा भएको स्मरण गर्दै अव आर्थिक समृद्धीलाई टेवा पुग्ने खालको शिक्षा दिनुपर्ने वताउनुभयो । अधिकारीले नमुना समाज निर्माणको लागी आजैवाट वालवालीकालाई प्रेरीत गर्ने खालको जिवन उपयोगी शिक्षा दिन वोडिङलाई सुझाव समेत दिनुभएको छ । नेपाली कांग्रेसका युवा नेता अजय थापाले दक्ष जनशतmी उत्पादन गर्ने खालको शिक्षा अवको आवश्यकता भएको वताउनुभएको छ ।
नेता थापाले शिक्षा नै सामाज विकासको मुख्य आधार भएको भन्दै वालवालीकलाई सोही अनुसारको शिक्षा दिनुपर्ने वताउनुभएको हो । वार्षिक उत्सव समारोहलाई व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल , राष्टिय मावन अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु खतिवडा , शिवराज नगरपालीकाको उपप्रमुख शिवकुमारी चौधरी ,कृष्णनगर नगरपालीकाको उपप्रमुख सवनम खातुन लगाएतका व्यतmीहरुले संवोधन गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट हुने विधाथीहरुलाई पुरस्कृत गरिएको थियो । विधार्थीहरुले विभिन्न विधामा विचार व्यतm गरेका थिए भने विभिन्न सास्कृतिक नृत्यहरु समेत प्रदेशन गरेको विधालयका प्रिन्सीपल फरहान चौहानले जानकारी दिनुभयो । कार्यक्रम शिक्षक सन्तोष चौधरीको संचालनमा समपन्न भएको हो ।
फफुरी ईङग्लीस वोडिङ स्कुल चन्द्रौटाको वार्षिक उत्सव तथा नतिजा प्रकासन ।।
फफुरी ईङग्लीस वोडिङ स्कुल चन्द्रौटाको वार्षिक उत्सव तथा नतिजा प्रकासन ।।
Advertisement
तपाईको प्रतिक्रिया