सुरज भट्टराई ,रुपन्देही (देवदह) । देवदह नगरपालिका वडा नं ८मा विशालनगर डिप ट्युबवेल सिचाई आयोजनाको उद्घाटन गरिएको छ । प्रदेश नं ५ का प्रदेश सभा सदस्य माननीय डा.कृष्ण न्यौपानेले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्धघाटन गर्दै न्यौपानेले यस योजनाले किसानको सिचाइको समस्यालाई केहि हद भए पनि राहात पुग्ने र किसानको हक हितको लागी आफु तत्पर रहेको पनि बताउनुभयो । डिप ट्युबेल संचालनले खेतीयोग्य जमिन बाझो राख्नु नपर्ने भन्दै किसानहरुले अव तरकारी खेती गरेर भएपनि मनग्य आम्दानी गर्न सक्ने वताए ।
तेस्तै कार्यक्रममै बोल्दै इन्जिनियर बिष्णु उपाध्धायले करिब २० लाखको लागतमा यो ट्युबवेल निर्माण भएको र अझै पम्प हाउस, विद्धुत जडान , उपभोक्ता सिचाई मिटर , भुमिगत नाला निर्माण हुन बाकी रहेको बताए । ट्युबवेल निर्माणका लागि स्थानीय समाजसेवी नर बहादुर तामाङले १० धुर जग्गा भुमिदान गर्नु भएको हो । विशालनगर डिप ट्युबवेल सिचाई जल उपभोक्ता समितिको अध्यक्ष अमर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम , शेर बहादुर तामाङको स्वागत र देवदह न.पा वडा नं ८ का वडा सचीव राम प्रसाद शर्माको संचालनमा भएको थियो । विशालनगर डिप ट्युबवेल सिचाई जल उपभोक्ता समितिले कार्यक्रमको आयोजनमा गरेको हो ।उक्त कार्यक्रममा भुमिगत जल श्रोत तथा सिचाई विकाश डिभिजन कार्यलय बुटवलका इन्जिनियर विष्णु उपाध्धाय , इन्जिनियर प्रकाश ज्ञवाली, इन्जिनियर बिनोद ज्ञवाली , विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, स्थानिय समाजसेवी तथा बुद्धिजीवी र वडाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
डिप ट्युबवेल सिचाई आयोजनाको उद्घाटन
डिप ट्युबवेल सिचाई आयोजनाको उद्घाटन
Advertisement
तपाईको प्रतिक्रिया