प्रिया स्मृती गजमेर,दाङ।
नेपालका लागि यामाहा मोटर साइकल स्कुटरको अधिकृत बिक्रेता एमएडब्लु इन्टर प्राईजेजले ल्याएको नयां बर्षको ह्याप्पी न्यु यामाहा स्किम अन्तर्गत देउखुरी क्षेत्रको अधिकृत बिक्रेता निल कमल ट्रेडर्सले आज आइतबार एक कार्यक्रमको आयोजना गरेर लक्की ड्रा मार्फत बिजेता घोषणा गरेको छ । उक्त कार्यक्रमको सामाजिक संजाल फेसबुकबाट समेत लाइभ प्रसारण गरेको थियो । देउखुरी उधोग बाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पाण्डेले उक्त लक्की ड्रा खोलेका थिए । उक्त लक्की ड्रामा राप्ती गाउ पालिका वडा नम्बर १ निवासी कृष्ण प्रसाद पन्थी बिजेता बनेका छन् । पन्थीले पाच ग्रामको सुनको सिक्का प्राप्त गरेका छन् । पन्थीले गरेको यामाहा एब्जेड मोटर साइकल खरिद गरेका थिए । त्यस्तै निल कमल ट्रेडर्स लमहीबाट यामाहा कम्पनीका मोटर साइकल खरिद गरेर यस अघि थुप्रै ग्राहकहरु बिजेता भैसकेका छन् । नयां वर्षा २०७६ को उपलक्ष्यमा प्रत्येक यामाहा मोटर साइकल तथा स्कुटर किन्दा न्युनतम ५ हजार देखि १ लाख सम्मको स्क्र्याच कार्ड मार्फत तुरुन्त नगद रकम पाइने र प्रत्येक हप्ता सबै स्वरुमबाट एक जना भाग्यसाली ग्राहकलाई लक्की ड्रा मार्फत सुनको सिक्का दिइने निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीले जानकारी दिएका छन् ।
लक्की ड्रा मार्फत बिजेता घोषणा
लक्की ड्रा मार्फत बिजेता घोषणा
Advertisement
तपाईको प्रतिक्रिया