दाङ – तुलसीपुर – काठमाडौ हवाई उडान दैनिक दुईपटक हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिनुभयो ।
Advertisement
दाहालका अनुसार चैत १८ गते सोमबारदेखि दिनमा दुईपटक हवाइ सेवा सञ्चालन हुने भएको हो । गएको असोज २७ गतेदेखि सातामा २ उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसदेखि दैनिक हवाइसेवा सञ्चालन गर्दै आएको थियो ।
लामो समयदेखि बन्द अवस्थामा रहेको विमान सेवा अहिले दैनिक सञ्चालनमा आउन थालेपछि यहाँका स्थानीयलाई काठमाण्डाै आवत–जावत गर्न सजिलो भएको छ ।