बाँके :जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले सुविधा सम्पन्न महिलामैत्री बस सन्चालन गर्ने भएको छ । उपमहागरपालिकाले पहिलो पटक यस्तो काम गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै छ वटा बसहरु सन्चालन गर्ने गरी बस सन्चालन गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
बस कम्पनीले स्याम्पलका लागि केही बस उपमहानगरपालिकामा ल्याएको छ । महिला सुरक्षालाई ध्यानमा राखेर उपमहानगरपालिका आफैले बस सन्चालन गर्न लागेको प्रवक्ता रिजालले बताए । यस्तो बस उपमहानगरपालिका भित्र मात्र नभई आसपासका सडकमा समेत गुड्ने छन् ।
‘महिला यात्रु मात्र चढ्ने गरी बस सन्चालनको योजना बनाएका छौ । त्यसमा चालक र अन्य कर्मचारी पनि सकभर महिलालाई नै राख्न खोजिरहेका छौं ।’
Advertisement