• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ८. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

कहिँ ८ दिनमा विद्युत, कहि ४८ वर्ष देखि अन्धकारमय ।।


  •   बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।
    कहि ८ दिनमा विद्युत, कहि ४८ वर्ष सम्म अन्धकार सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । हो कपिलवस्तुको एक स्थानमा विकास गर्ने तरिका फरक देख्न पाउनु हुन्छ तपाईले ! कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुर स्थित एक प्लाटिङ जग्गामा प्लाटिङ गरेको एक हप्ता मै बाटो बनाई, विजुलिको पोल गाडेर तार तानेर झिलिमिली पारेको देख्न पाईन्छ । सोहि १ नं वडा मै पर्ने वनकसवासा वस्ती अन्धकार छ । विगत ४८ वर्ष देखि बस्दै आएको शिवराज नगरपालिका वडा नं १ कै वनकसवासा वस्तीमा विद्युत नपुग्दा अन्धकारमय विताइ रहेका छन ।
    कपिलवस्तुको शिवराज नगरपालिका १ मा पुर्वपश्चिम राजमार्ग नजिकै वि.स २०२७,२८ मा बसेको वनकसवासामा अझै सम्म विद्युत पुगेको छैन । वनकासवासामा ७३ घर परिवार बस्दै आएका छ्न । वनकासवासामा विद्युत, सगै स्वास्थ सस्था, सुरक्षा निकास समेत पुगेको छैन । प्रत्येक निर्वाचनमा गाउँलेहरुलाई स्थानीय नेताले भोट लिने दाउमा विभिन्न किसिमका आश्वासन दिन्छन् तर बनकसवासाको समग्र विकासको लागि कसैले पहल नगरेको पाईएको छ ।
    कपिलवस्तुको क्षेत्र नं ३ मा पर्ने वनकसवासामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, नगर प्रमुख, वडा अध्यक्ष लगायतका नेताहरु पुगेका छन तर विद्युत जडानका लागि कसैले पहल नगर्दा सिगों वस्ती अध्यारोमा बस्न बध्य भएका छन । विद्युत नहुदा वनकसवासाका स्थानीयलाई खानेपानीको समेत हाहाकार हुने गरेको छ । वनकसवासाका स्थानीय भन्छन हामी सयौं पटक अस्वासन पायौ तर विद्युत पाएनौ । अर्थिक चलखेलले प्लाटिङ जग्गामा एक हप्तामै विद्युत जडान हुन्छ तर हामी गरिबलाई अध्यारोमा बसेको कसैले देख्दैन ।
    ७३ घरपरिवारको विचमा एक मात्र ट्युबवेल रहेको छ त्यै पनि जेनेरेटरबाट चलाएर पानी तान्नु पर्ने अवास्था रहेको छ । केही वर्ष पहिले एक संस्थाले ट्युबवेल जडान गरेको थियो । गाउले भन्छ्न ट्युबवेल चलाउन विद्युत छैन डिजेल हालेर जेनेरेटर चलाउछौ पानी तन्छौ कसैलाई पुग्छ कसैलाई पुग्दैन ।
    अधिंकास गाउलेले सुरही खोलाको पानी पिउदै आएको स्थानीयले बताए । गाउले भन्छन् हामिले यस क्षेत्रका प्रदेश सभा सदस्य अर्जुन कुमार केसि, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष जगत बहादुर जिसिलाई अनुगमन गरायो तर केही पहल भएन । वहाहरुले आश्वासन बहेक केही दिन सक्नु भएन ।
    गाउँका अगुवा भन्छन् कयौं पटक नगरपालिका ओहोरदोहोर गर्दा केही प्रतिफल प्राप्त भएन । विद्युत भयो भने हामिलाई धेरै नै राहत हुन्थ्यो । वालवालिका आफ्नो गृहकार्य गर्न पाउथे , हामी उज्यालोमा बस्न पाउथ्यो । वनकसवासा पुर्व पश्चिम राजमार्ग छेउमा रहेको पुरानो वस्ती हो । सडक विस्तार भयो अवातजावतमा सहज भएपनी अन्य सेवा सुविधाबाट बन्चित हुनु परेको छ बनकासवासकाका बासिन्दालाई ।
    सम्बन्धित निकायको भनाई ।।।
    अतिक्रमण बन क्षेत्र भएकोले विद्युत लैजना नदिएको वन डिभिजन कार्यालय गौतमबुद्धका प्रमुख दुर्गा बहादुर कार्कीले बताउनु भयो । वन क्षेत्रमा घर बनाएकोले माथिको निर्देशन अनुसार वन क्षेत्रमा विद्युत लैजाने प्रवाधान नभएको उहाको भनाई रहेको छ । वनकसवासालाई अन्य ठाँउमा स्थानन्त्रण गर्नु उपयुक्त विकल्प रहेको भनाई रहेको छ ।
    नेपाल विद्युत प्रधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगञ्जा सहितको टोलीले वनकसवासाको अनुगमन गरी विद्युत जडान गर्न अस्वासन दिएको पनी एक बर्ष हुन लग्यो तर विद्युत पुग्ने छाटकाट अझै सम्म देखीएको छैन । आगञ्जा भन्नु हुन्छ विद्युत जडानको लागि पहल भैरहेको छ ।
    यता शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बनवासवासामा विद्युग लैजनाको लागि पहल भैरहेको बताउनु भयो । उहाले २०७६ सालको बैशाख महिना भित्र विद्युत पुग्ने आस्वासन दिनुभयो ।

    Advertisement

    बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वडाध्यक्ष तीन लाख घुससहित पक्राउ
    कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • २.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ३.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ४.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ५.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ६.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ७.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ८.
      सडकको बीचमै बिजुलीको पोल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation