• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

मुखै रसाउने स्थानीय परिकारको स्वाद लिन जाने होईन त गुल्मी महोत्सव?


  •   बुधबार, चैत १३, २०७५ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सवमा गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु खाना पाइने भएको छ । ११ दिनसम्म सदरमुकाम तम्घासमा चल्ने महोत्सवमा स्थानिय उत्पादनमा ढिडो र सिस्नुको परिकार खाना पाइने भएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । पछिल्लो समय यता ढिडो र सिस्नुको परिकार खानाको निम्ति भनेको समयमा खाना नपाइने अबस्थामा पुगेकाले त्यसलाई महोत्सवमा रहेका स्थानिय होटलहरुमा राखिने भएको छ । मेलामा जिल्लाका बिभिन्न जातजातिले खाने खानाका परिकारहरु तथा स्थानिय उत्पादनका खानाका परिकारहरु पनि प्रर्दशन हुने भएको छ । गुल्मीमा सञ्चालन प्रथम सांस्कृतिक तथा पर्यटयन महोत्सब एवं ब्यापार मेलाको तयारीलाई तिब्र पारिएको छ ।
    जिल्लामा रहेको गुल्मी चेम्बर अफ कर्मसले यहि चैत २० गते देखी ३० गते सम्म महोत्सव सञ्चालन गर्दैछ । मेलामा २ सय ३० वटा स्टल रहने भएका छन् । तम्घासको चिदिचौर खेल मैदानमा चल्ने महोसत्वमा कुल स्टल मध्ये कृषि र गुल्मीका स्थानिय व्यवसायीलाई उच्च प्रथामिकता दिएर राख्ने काम भइरहेको स्टल संयोजक बुढाथोकीले बताए । जिल्ला स्थित बिभिन्न व्यवसायी स्टलहरुको लागि छुट्टाइएको स्टलहरु बुकिङ्ग भइसकेको बुढाथोकीले बताए । कुल स्टलहरुमध्ये ५० वटा स्टलहरु स्थानिय व्यवसायीहरुलाई छुट्टाइएको थियो । यसपटक स्थानिय व्यवसायीहरुलाई वढि मात्रामा महोत्सवमा स्थान दिनको निम्त फेन्सी व्यवसायीहरुको लागि ५० प्रतिशत र होटलहरुको लागि २० प्रतिशत छुट दिएर स्टल दिइएको संयोजक बुढाथोकीले बताए । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा प्रर्दशनमा राख्नको निम्ति तयारी भइरहेको संयोजक बुढाथोकीको भनाई छ ।
    चिदिचौरमा रामाइलो मेला, बिबिध साँस्कृतिक कार्यक्रमहरुसँगै बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरु पनि महोत्सवमा प्रर्दशन गरिने भएको हो । मेलामा झण्डै ६ दर्जन वढि नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।
    मेलामा खुल्ला समुहगत नृत्य प्रतियोगिता हुने भएको महोत्सव मुल आयोजक साँस्कृतिक कार्यक्रम संयोजक सन्तु थापाले बताए । महोत्सवलाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको संयोजक थापाले बताए ।
    प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार १ सय ११, द्धितिय हुनेलाई ३१ हजार १ सय ११, तृतिय हुनेलाई २१ हजार १ सय ११ रुपौयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सान्तवना हुनेलाई ११ हजार एक सय ११ र सहभागितलाई पनि प्रमाण पत्रको व्यवस्था गरिएको संयोजक थापाले बताए । महोत्सव सम्पन्न गर्न गुल्मी जिल्ला स्थित बिभिन्न १२ वटा संस्था एक जुट भएका छन् । जिल्लामा रहेका बिभिन्न क्षेत्रमा काम गर्दै आइरहेका संस्थाहरुले महोत्सवलाई सम्पन्न गर्न एक जुट भएका हुन् ।
    बिभिन्न संस्थाबाट एक जुट भएका संस्थाका पदाधिकारीले महोत्सवलाई सम्पन्न गर्न गठित १९ वटा उपसमितिहरुमा रहेर कामलाई तिब्र पारेका छन् । मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह– आयोजकमा होटल व्यवसायी मञ्च, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी र गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् ।
    सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोटिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, अर्जुन युवा क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका छन् । गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुदैछ । जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताए । महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु,अर्जुन,बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए।

    Advertisement

    बुधबार, चैत १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation