जीवन न्यौपाने,नवलपरासी । केन्द्रिय कार्यालय रुपन्देहीको बुटवलमा रहेको मिसन डेभलपमेन्ट बैङ्क लिमिटेडको २० औं शाखाको रुपमा बुटवलको देबिनगर ११ मा बुधवारबाट कारोबार सुभारम्भ भएको छ । शाखामा कारोवार सुभारम्भ भएको पहिलो दिनमानै बैङ्कले ५० लाख रुपैँया निक्षेप संकलन गरेको छ भने एक सय भन्दा बढि खाता खोलिएको छ ।रुपन्देहि, नवलपरासी र कपिलबस्तु गरी तीन जिल्लामा शाखा विस्तार भएको बंैकको चालु आर्थिक वर्षको हालसम्म ४ अर्व ९१ करोड रुपँैया निक्षेप संकलन तथा ४ अर्व ३१ करोड रुपैँया कर्जा लगानि रहेको छ । त्यस्तै बंैकको चुक्ता पुँजी ५७ करोड रुपैँया रहेको केन्द्रिय कार्यालयका बजार प्रबन्धक अर्जुन पौडेलले जानकारी दिए । त्यस्तै सो बैंक आउँदो नयाँ आर्थिक वर्षबाट बुटलमै केन्द्रिय कार्यालय रहेको तिनाउ विकास बैंकसँग र्मजरमा जाने भएको छ । गत चैत्र ३ गते आइतबार तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबिच मर्जरमा जाने सम्झौता भएको हो ।
मर्जर पछाडी बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंक रहने छ भने केन्द्रिय कार्यालय तिनाउ विकास बैंकको केन्द्रिय कार्यालमानै रहने सम्झौतामा उल्लेख छ । मर्जर पछि बैंकको सञ्चालक समिति अध्यक्षमा मिसन डेभलपमेन्ट बैंकका अध्यक्ष टिकाराम घिमिरे रहने छन् । बैंकको कार्यकारी अधिकृतमा तिनाउ विकास बैंकबाट प्रदिप कुमार श्रेष्ठ र नायब प्रमुख कार्यकारी अधिकृतमा मिसन डेभलपमेन्ट बैंकबाट हरि प्रसाद घिमिरे रहने बताइएको छ ।
बुटवलको देविनगरमा खुल्यो मिसन डेभलपमेन्ट बैङ्कको २१ औं शाखा ।
बुटवलको देविनगरमा खुल्यो मिसन डेभलपमेन्ट बैङ्कको २१ औं शाखा ।

Advertisement
तपाईको प्रतिक्रिया