राम बहादुर बिश्वकर्मा, प्युठान । जिल्लाको मरन्ठानामा दुर्घटनामा परि एक बालक घाइते भएका छन् ।
बिपरित तर्फबाट आउँदै गरेको लु ४त १२०३ नम्बर ट्याक्टरको ट्रलिमा ठक्कर लाग्दा प्युठान नगरपालिका ९ पाहारपाखा निबासि बर्ष ११ का मौसम नेपालीको खुट्टा फ्याक्चर भई स्वर्गद्वारी लाईफ केयर हस्पिटल बाग्दुला बाट बुटवल रिफर गरिएको मरन्ठाना प्रहरी चौकी इन्चार्ज टीका कुवर ले बताए ।
Advertisement
“गाउँ बाट सेवाग्राहीको फोन आएपछी सेवा दिन स्वयम आफुहरु सबार गरेको सेतो पिलेट रहेको बा २ ब ३२६८ नम्बर मोटरसाइकलमा जादै गरेका थियौं अगाडी तर्फबाट आउँदै गरेको ट्याक्टरको ट्रालिमा ठोकिएर पुन : मोटरसाइकलमा बालक ठोकिएको कुवरले बताए ।
एता स्थानीयले भने ट्याक्टरमा ठोकिएको देखिएन आउँदै गरेको मोटरसाइकलमा ठोकिएको दाबी गरेका छन।
ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।