प्रिया स्मृती गजमेर,दाङ
फागु पुर्णिमाको अबशरमा आज बिहिबार लमहीमा रहेको देउखुरी मोबाइल संघले होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । संघले कार्यक्रमलाई अझ रोचक बनाउन घैटाफोड कार्यक्रम समेत आयोजना गरेको थियो । घैटाफोड प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने रमेश के.सी. ,द्वितीय शितल भुसाल ,तृतीय जीवन भुसाल र सान्त्वना पुरस्कार सागर खनालले प्राप्त गरेका छन् । देउखुरी मोबाइल संघका अध्यक्ष भिम भुषालको अध्यक्षता, नेपाल राष्ट्रिय अभिभावक संघ ५ नम्बर प्रदेश संयोजक तथा मोबाइल संघका प्रमुख सल्लाहकार भू—माण्डप के.सी. ,बिशिष्ट अतिथि जागेस्वर बसेल,वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंह लगायतको सहभागीता रहेको थियो । मोबाइल संघका महासचिव राजु गिरीले उपस्थित सबैलाई स्वागत गरेका थिए । परम्परागत तरिकाले मनाउदै आएको यस पर्वलाई केहि फरक शैलीमा मानौं पनि सकिन्छ भन्ने आम जनमानसमा सकारात्मक संदेश पुगोस भनेर हामीले यो कार्यक्रमको आयोजना गरेका हौ, देउखुरी मोबाइल संघका अध्यक्ष भिम भुषालले भने । कार्यक्रमका पमुख अतिथि नेपाल राष्ट्रिय अभिभावक संघ ५ नम्बर प्रदेश संयोजक तथा मोबाइल संघका प्रमुख सल्लाहकार भू—माण्डप के.सी.ले मोबाइल संघले समाजमा केहि उदाहरणीय कार्य गरेको बताए । साथै संघले लमही बजार क्षेत्रमा थुप्रै सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समाजले संघबाट यस्तै परिबर्तन र संदेश मुलक कार्यको अपेक्षा गर्ने बताए । बिष्णु भुसालको विषय प्रबेशबाट सुरुभएको कार्यक्रमको सहजीकरण संघका कानुनी सल्लाहकार तथा संचारकर्मी भानु जोशीले गरेका थिए ।
देउखुरी मोबाइल संघको होलि मिलन
देउखुरी मोबाइल संघको होलि मिलन
Advertisement
तपाईको प्रतिक्रिया