बालबालिकालाई पोषाक वितरण

प्रिया स्मृती गजमेर ,दाङ।राजपुर गाउ पालिका वडा न २ को आर्थिक सहयोगमा देउखुरीका दुई बिद्यालयमा अध्ययनरत बालबालिकालाई पोषाक वितरण गरिएको छ । बिद्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरेर उक्त सामग्री वितरण गरेको हो । जनज्योती माध्यामिक बिद्यालय बेलामा अध्ययनरत ७ जना र सोमैथान प्राथमिक बिद्यालयमा अध्ययनरत एक जना टुहुरा,जेहेन्दार बालबालिकालाई पोषाक,झोला,कापीकलम,जुत्ता वितरण गरेको छ . चालु आर्थिक बर्ष २०७५÷७६ मा वडा कार्यालयले बालबालिका कार्यक्रमका लागि भनेर ५० हजार रकम अलग गरेको थियो, सोहि रकमबाट बालबालिकालाई बिभिन्न सामाग्री वितरण गरिएको वडा नम्बर दुईका वडाध्यक्ष दुर्गा प्रसाद शर्माले बताए । वडा कार्यालयको आर्थिक सहयोगबाट जनज्योती माध्यामिक बिद्यालयमा अध्ययनरत ५ जना र सोमैथान प्राथमिक बिद्यालयका १ जना गरेर ६ जनालाई पोषाक,झोला,जुत्ता,कापीकलम बाडीएको हो । त्यसै गरेर जनज्योती माध्यामिक विद्यालयको आन्तरिक श्रोतबाट बाबु आमा गुमाएका दुई जना बालबालिकालाई पोषाक प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक केसब राम यादबले बताए । आन्तरिक श्रोतबाट पोशाक दिने भनेर बिद्यालयले केहि दिन अघि निर्णय गरेका थियौ त्यसै अनुरुप दुई जना बालबालिकालाई पोषाक प्रदान गरेका हौ प्रधानाध्यापक यादबले भने । राजपुर गाउ पालिका वडा नम्बर २ का वडाध्यक्ष दुर्गा प्रसाद शर्मा,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अम्मरराज गिरी, जनज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक केसब राम यादबले संयुक्त रुपमा ति बालबालिकालाई सामग्री प्रदान गरेका हुन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...