कामना डेली,प्युठान। नौबहिनि गाउँपालिका– ६ स्थित ल्योसे भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । सिरसीने घर भएका २६ वर्षे कृष्ण बहादुर केसीको मृत्यु भएको हो ।
शुक्रबार राती घर जाने क्रममा भिरबाट लडेको र आज बिहान शव बाहाने नदिमा फेला परेको प्रहरीले जनाएको छ ।
