गुल्मी । गुल्मीमा सञ्चारकर्मीहरुकका लागि शुसासन र बिकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार बिकास केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा सञ्चारकर्मीहरुको लागि गुल्मी सदरमुकाम तम्घासमा शुसासन र विकास सम्बन्धी तालिम सम्पनन्न भएको हो । 
तालिममा गुल्मी, पाल्पा,अर्घाखाँची, कपिलवस्तु, रुपन्देही जिल्लाका बिभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको सोमबार रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका थिए ।
दुई दिनसम्म चलेको तालिममा प्राध्यापक रामकृष्ण रेग्मी, सञ्चार बिज्ञ श्रीरामसिंह बस्नेत, बरिष्ठ पत्रकार बिष्णुप्रसाद शर्मा पराजुली लगायतले तालिको सहजीकरण गरेका थिए् । तालिम शुसासन र विकास बारेमा केन्द्रित रही दिएको तालिम उपलव्धी मुलक रहेको तालिममा सहभागी कपिलवस्तुका पत्रकार गिता पौडेलले बताइन् ।
तालिमबाट धेरै कुरा सिकेको र कार्यान्वयनमा लैजाने रुपन्देहीका शंकर पाण्डेले बताए तालिममको समापन सत्र पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीको अध्यक्षता र महासंघ गुल्मीको कार्यलय सचिव सुनिता कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
सञ्चारकर्मीलाई सुशासन र विकास सम्बन्धी तालिम
सञ्चारकर्मीलाई सुशासन र विकास सम्बन्धी तालिम
Advertisement
तपाईको प्रतिक्रिया