ज्योती अदै खाम्चा, देवदह । हिन्दुहरुको महानपर्व महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइयो । यता रुपन्देहीको देवदहमा पनी भव्यतामा साथ महाशिवरात्री पर्व मनाईएको छ । देवदह वडा नम्बर ५ मा रहेको श्री लोकेश्वर पञ्चायतन मन्दीरमा बिहान ५ बजे बाट नै श्रद्धालु भक्तजनहरुको घुईचो लागेको थियो । सोमबार नै महाशिवरात्री परेको हुनाले विगतका केही वर्षहरुमा भन्दा यस वर्ष लोकेश्वर मन्दीरमा श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो । यसैगरी देवदहका विभिन्न स्थानमा रहेको शिव मन्दीरहरुमा पनी भक्तजनहरुको भिड लागेको थियो ।

श्रद्धालु भक्तजनहरुका लागी विशेष भजन कृतनका साथ साथै भगवान महादेवको नाममा प्रसादको समेत व्यस्था रहेको थियो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख गीएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

विशेषरी चन्दन सेता पुष्प, अक्षता र बेलपत्र चढाएर शिवको पूजा गरिन्छ । पूजाका विभिन्न विधि भए पनि शिवाय नमः वा ओम् नमः शिवाय मन्त्रले मात्रै पूजा गर्दा पनि फल पाइने पुराणमा उल्लेख छ । यो दिन शिवलिङ्गपूजाको विशेष महत्त्व छ । त्यसैकारण देव हरुको देव भनेर चिनीने भगवान महादेव (शिव)को मन्दीरमा घुइँचो लाग्दछ ।