सागर थापा,दाङ। जिल्लाको धारपानी मन्दिर आसपास क्षेत्रबाट मदिरा बिक्री गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मन्दिर परिसरमा खुलियाम मदिरा सेवन गरी हल्ला भएपछी प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल पान्डेले जानकारी दिएका छन् ।
त्यसैगरी २० काटुन बियर २५ काटुन अन्य रम भोत्का र ३०० लिटर घरपाला रक्सी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान पछी छोडिने एसपी पान्डेले बताएका छ्न ।
Advertisement