सागर रिजाल,प्युठान। जुम्री वसपार्क व्यवस्थापन र सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने भन्दै प्युठानमा चलेको महोत्सवमा लोक दोहोरी गायक बद्री पंगेनीले गीत गाउँदा महोत्सव हेर्न पुगेका दर्शकको आशु थामिएन्न । महोत्सवको आइतवार दश औं दिनका मुख्य आकर्षक बनेका गायक पंगेनीले स्तेज चढ्ने बित्तिकै ‘आमा बिदा पाउदिन’ बोलको गीत गाए । उनले गीत मार्फत बिदेशमा रहेका बिभिन्न कथा वस्तुहरु सुनाए । धेरै दर्शकहरु आमाहरुले आँखाबाट आँसु झारे । उनी गीत गाउँदै दर्शकसँग पुगे धेरै आमाहरु उनको मुहार हेर्दै आँसु झारिरहेका थिए । गायक पंगेनीको गीतमा महिलाहरु मात्रै होइन धेरै पुरुषहरुका पनि आँसु थामिएनन् । गीत गाउँदा पंगेनी आफै भावनामा डुवेर स्तब्ध जस्तै थिए । गीतमा उनले बिदेशीएका धेरै नेपालीहरुलाई स्वदेशमै रोजगारीको व्याबस्था मिलाउन आग्रह गरे । दुखको गीत गाएर रुहाएका उनले दर्शकहरुलाइ समाह्ल्न फेरि छमछमी नचाउने गित सुरु गरे।
‘कान्छी सालीमा, रातो पछ्यौरी, खोइ हाम्रो दिलमा त घामै लागेन’ लगाएतका गीत उनले गाए ।दर्शकहरु फेरि खुसी हुँदै नाचेर साथ दिए। पाको उमेरका दर्शक विशेष गरी महिला दर्शक भावुक भए पनि युवा पुस्ता भने उहाँको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए । फागुन १५ सम्म चल्ने प्युठान महोत्सवमा आइतबार बद्री पंगेनी, राजेश बर्देवा, सीता राणा, अर्पण राज गिरि लगाएतका कलाकारले मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै महोत्सवमा १३ गते सोमबार नेपाली सिनेमा जगतका नायक दिलीप रायमाझी, १४ गते मंगलबार महानायक राजेश हमालको उपस्थिती रहने आयोजकले जनाएको छ । प्युठानकै पहिलो बसपार्क जुम्री बसपार्कको आयोजनामा भएको महोत्सवमा संकलन भएको रकमले जुम्री मेला व्यवस्थापन गरिने समितिका संयोजक श्रेष्ठले बताए । जिल्लामा धेरै एम्बुलेन्स सञ्चालनमा छन् । अत्याधुनिक एम्बुलेन्स नहुँदा दुरदराजका जनताले दुःख पाईरहेको अवस्थामा केहि सहजता प्रदान गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको श्रेष्ठले बताए ।
प्युठान महोत्सवमा बद्री पंगेनीले पहिले रुवाए, अनि छमछमी नचाए
प्युठान महोत्सवमा बद्री पंगेनीले पहिले रुवाए, अनि छमछमी नचाए

Advertisement
तपाईको प्रतिक्रिया