सागर रिजाल÷प्युठान। जुम्री वसपार्क व्यवस्थापन समिति प्युठानको आयोजनामा फागुन ३ सञ्चालन भईरहेको प्युठान महोत्सव दुई दिन थपिएको छ । फागुन १३ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव दुई दिन थपि फागुन १५ सम्म चल्ने आयोजक कमिटिका संयोजक सुमन श्रेष्ठले बताए । प्युठानी जनताले महोत्सवलाई अथाहा माया गरेको मुल आयोजक समितिका संयोजक श्रेष्ठले बताए । उनले भने,–‘महोत्सवलाई अथाहा माया सहित केहि दिन थप्ने सुझाव दिएकाले महोत्सव थपेका हौँ । ’ महोत्सवमा दिनानुदिन दर्शकको चाप वढेको उनले बताए । उनले भने,–‘दर्शकहरुले महोत्सवमा आएका कलाकारहरुलाई निकै मन पराउनुभएको छ ।’ उनले महोत्सवमा प्युठानी उद्योगी, व्यपारी, राजनीतिक दलका प्रतिनीधि लगाएतबाट ठूलो सहयोग पाएको बताए । मेला थप्न जिल्ला प्रशासनबाट अनुमति समेत ल्याईसकेको उनले बताए । महोत्सवमा नेपाली कला, संस्कृतिको जर्गेना गर्न नेवार, मगर, कुमाल सस्कृतिको झझल्को, पर्यटकीय तिर्थस्थलहरुको प्रचारप्रसार गरिएको श्रेष्ठले बताए । त्यस्तै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकार मार्फत नेपाली लोक संस्कृतिको संरक्षण गरिएको समेत उनले बताए । महोत्सवमा नायक निखील उप्रेती, कलाकार जीवन शर्मा, रामजी खाड, दुर्गेस थापा, लगाएतका दर्जनौ कलाकारले मेलामा मनोरञ्जन दिईसकेको उनले बताए ।
शनिवार प्युठान महोत्सवमा दर्शकको उईरो लागेको थियो । करिब २० हजार दर्शकको उपस्थिती रहेको थियो । दर्शकले मन्चनै भरेका थिए । कलाकारहरु स्टेजमा पुग्दा समेत दर्शकहरु गेट बाट छिर्न समेत पाएका थिएनन् । मञ्च पुरै भरिएको थियो । दर्शकलाई शनिवार कलाकार राजु परियार, कृष्ण रेउले, सम्झना लामिछाने लगाएतका कलाकारले भरिपूर्ण मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरु उनीहरुका गीत सुनेर नाचेका समेत थिए । त्यस्तै महोत्सवमा १२ गते आईतबार बद्री पंगेनी, १३ गते सोमबार नेपाली सिनेमा जगतका नायक दिलीप रायमाझी, १४ गते मंगलबार महानायक राजेश हमालको उपस्थिती रहने आयोजकले जनाएको छ । प्युठानकै पहिलो बसपार्क जुम्री बसपार्कको आयोजनामा भएको महोत्सवमा संकलन भएको रकमले जुम्री वसपार्क व्यवस्थापन गरिने र सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने मेला व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए । जिल्लामा धेरै एम्बुलेन्स सञ्चालनमा छन् । अत्याधुनिक एम्बुलेन्स नहुँदा दुरदराजका जनताले दुःख पाईरहेको अवस्थामा केहि सहजता प्रदान गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको श्रेष्ठले बताए ।
दर्शकको माग वढेसंगै प्युठान महोत्सव २ दिन थपियो
दर्शकको माग वढेसंगै प्युठान महोत्सव २ दिन थपियो
Advertisement
तपाईको प्रतिक्रिया