कामना डेली, प्युठान।नेपाल कम्युनिष्ट पार्टी नेकपाले ऐरावती गाउपालिकाका सबै वडा तहमा एकता टुङ्गो लगाएको छ । नेकपा ऐरावतीको गाउपालिका स्तरिय कार्यदल समितिले आफ्नो मातहतका ६ वटै वडा तह सम्म कार्यसमिति चयन गर्दै एकता प्रक्रीया टुङ्गाएको हो।
जसमा वडा नंम्बर १ दाङ्बाङमा केशवराज आचार्य, सचिव खुम बहादुर गाहा,वडा नंम्बर २ बरौलामा भिमेस कुमार घर्र्तीमगर, सचिव पदम बहादुर जिसि , वडा नंम्बर ३ पकलामा अध्यक्ष शेर बहादुर सुनार, सचिव रमेश शाही चयन भएका छन् । त्यस्तै वडा नंम्बर ४ धुवाङमा अध्यक्ष अर्जुन कुमार पन्थी , सचिव भोट्मान पुन, वडा नंम्बर ५ रस्पुरकोटमा अध्यक्ष चुमान सिह बोहरा, सचिव लक्ष्मि म कुवर थापा र वडा नंम्बर ६ विजुलीमा अध्यक्ष नारायण थापा , सचिव रेसम बहादुर थापा चयन भएको गाउँपालिका पार्टी संगठन अध्यक्ष बुद्ध बहादुर बस्नेतले जानकारी दिए ।
सवै अध्यक्ष र सचिव संगै पत्येक वडाहरुमा २९ सदस्यीय संगठन कमिटि बनेका छन् ।
ऐरावतीका सवै वडामा नेकपाको एकता कमिटी
ऐरावतीका सवै वडामा नेकपाको एकता कमिटी
Advertisement
तपाईको प्रतिक्रिया