सागर रिजाल÷प्युठान ।
जिल्ला प्रशासन कार्यालय प्युठानले ऐरावती गाउँपालिका क्षेत्रका बजारमा अनुगमन गरेको छ । विहिवार गाउँपालिका क्षेत्रका कैरन, हर्नाघाट, पकला, बरौलामा रहेका करिब ३५ वटा पसलको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन विभिन्न ठाउँमा गर्दै आएको छ । व्यवसायी गर्नेले पनि नियम कानुनको पालना गरेका छन् या छैनन् भन्ने थाहाँ पाउँन र नगरेकोलाई गर्न आग्रह गर्दै बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । उनले भने,–‘स्थानिय सरकार र सरोकारवालाको सहयोगमा बजार अनुगमन गरेका छौँ । ’
शुरुमा मुख्य बजार केन्द्रबाट शुरु गरिएको अनुगमन प्रक्रिया विस्तारै गाउँस्तरमा समेत लगिएको उनले बताए । अनुगमनमा जैविक उपभोग्य पदार्थ, मदिराको अनुगमन गरिएको छ ।
बजार अनुगमनमा मुल्य सूचि, व्यवसाय दर्ता, नवीकरण, नापतौल प्रमाण, म्याद नागेका सामाग्री भएको छ या छैन्, स्थायी लेखा नम्बर लगाएत हेरिएको सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । अनुगमनमा साना पसलहरुमा म्याद नाघेका सामाग्री भेटिएको उनले बताए । उनले भने,– ‘कुनै पसलमा मुल्य सूची राखेको पाईएन ।’ उनले म्याद नागेका पसलका व्यवसायीलाई सामाग्री हटाउन आग्रह गर्नुभयो । साथै कानुन अनुसार व्यवसाय गर्न समेत आग्रह गर्नुभएको छ । दर्ता नगरेका व्यवसायीले घरेलु, गाउँपालिका, उद्योगवाणिज्य संघमा दर्ता गरि व्यवसाय सञ्चालन गर्न उनले बताए ।
जिल्ला प्रशासनले २ महिनाको अन्र्तरमा जिल्लाका व्यपारिक क्षेत्रमा बजार अनुगमन गर्दै आएको छ । पहिले अनुगमन नभएका ठाँउमा समेत अनुगमन समुह पुग्ने उनले बताए । बजार अनुगमनको क्रममा घरेलु मदिराको उत्पादन तथा विक्री वितरणमा समेत कमी आएको पाइएको उनले बताए । जिल्लामा दैनिक उपभोग्य बस्तुमा लक्षित गरेर अनुगमन गरिएको उनको भनाई छ । सहायक प्रजिअ यज्ञश्वर पन्थीको संयोजकत्वमा भएको अनुगमनमा ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओली, उपभोक्ता मञ्चदेखि प्रतिनिधित्व हुने गरि गोपाल विक्रम शाह, उद्योग वाणिज्य संघका ऐरावती बजार ईलाका सचिव नुम प्रसाद श्रेष्ठ, सरोकारवाला, प्रहरी, स्थानीयको उपस्थिती रहेको थियो ।