बाकेँ। रोल्पाका दुई महिला लागु औषध चरेशसहित पक्राउ परेका छन् ।भारतको रुपैडिहाबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो। भारतको हिमाञ्चल प्रदेशको कुल्लुमनाली जान हिँडेका रोल्पाका मायादेवी र शिरकुमारीलाई रुपैडिहा बसपार्कबाट एसएसबी र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो । ‘डेक’ भित्र ६ किलो चार सय ग्राम चरेश राखेर मुख्य चेकिङस्थल पार गरिसकेका दुई महिलालाई विशेष सुराकी पाएपछि एसएसबीले रुपैडिहा बसपार्कबाट पक्राउ गरेको थियो । नेपालगञ्जको जमुनाहा नाका र रुपैडिहाको मुख्य चेकिङस्थल उनीहरुले पार गरिसकेका थिए ।अटोरिक्सामा नाका पार गरेका उनीहरुले खुट्टानिर डेकभित्र चरेश राखेका थिए । कपडा राखेको झोला साथमा थियो । नेपाल र भारतका सुरक्षाकर्मीले झोला चेक गरेपनि डेकलाई हात लगाएनन् ।दुईमध्ये एक महिलाको तीन वर्षअघि डेढ किलो चरेशसहित पक्राउ परेर तीन वर्ष सजाय काटेर छुटेकी थिइन् ।एसएसबीले दुवै महिलालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चलान गरिसकेको छ । भारतीय प्रहरीले लागु औषधमा सीधै जेल पठाउने गर्दछ ।लागुऔषध चरेशसहित पक्राउ पर्ने नेपालीको महिलाको संख्या बहराइच जेलमा बढ्दै गएको छ । कतिपय सोझो महिलालाई तस्करले ५–१० हजार रुपैयाका लागि नाका कटाउन भरिया बनाउने गरेको पाइएपनि यी दुई महिला आफै चलाख रहेको पाइएको छ ।
रोल्पाका दुई महिला चरेशसहित भारतमा समातिए
रोल्पाका दुई महिला चरेशसहित भारतमा समातिए
Advertisement
तपाईको प्रतिक्रिया