बुटवल–लेखक तथा मानवअधिकारकर्मी गणेश उचैको ५८ वर्षको उमेरमा निधन भएको छ । बाग्लुङको बिजुवामा जन्मिएका उचैको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको हो । उचै लामो समयदेखि बुटवलमा रहेर मानवअधिकार तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहेका थिए ।एक्कासी मुटुमा असहज महसुस भएपछि अस्पताल भर्ना भएकोमा उपचारका क्रममा निधन भएको बुटबलस्थित दैनिकपत्रका प्रधान सम्पादक तथा उनका छिमेकी बालकृष्ण चापागाईले जानकारी दिए ।
उचैका श्रीमति सीता, छोरा ईञ्जिनियर क्षितिज र छोरी श्रृष्टि रहेका छन् ।उचैको आजै तिलोत्तमा र बुटवलको बीचमा पर्ने मगरघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
Advertisement