• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

घट्दै महोत्सवको गरिमा:के भन्छन त प्युठानका सरोकारवालाहरु?


  •   आइतबार, फागुन ०५, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान÷ गणतान्त्रीक खेलमैदानमा जारी प्यूठान महोत्सवप्रति आम प्यूठानी जनमानसमा चर्चा र परिचर्चा सुरु भएको छ । पछिल्लो समय महोत्सवको गरिमा घट्दै गएकोप्रति प्यूठानका नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

    Advertisement

    महोत्सव सब्दले समग्र जिल्लाको प्रतिनिधित्व गर्ने भन्दै यसरी हचुवाको भरमा हर–कोहीले महोत्सव गर्दै जाने हो भने महोत्सव प्रतिको विश्वास घट्ने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताए । ‘उदेश्यविहिन ढंगले फगत लोकप्रिय नारा दिएर जसले पनि महोत्सव गर्न थाल्यो भने भावी दिनमा कस्तोे रुप लिँदै जाला?’ अध्यक्ष कक्षपतिले भने, ‘स्थानिय तहले यस विषयमा ध्यान दिन नसक्नु गम्भीर विषय छ ।’

    महोत्सव किन र के–का लागि भन्नेवारे जिल्लामा महोत्सव संचालन कार्यविधि बनाउन यहाँका राजनीतिक दल, स्थानिय सरकार, प्रशासन, नागरिक समाज सबै आम सरोकारवाला निकायको ध्यान पुगेको देखिन्न । आश्चर्यको कुरा यहाँ सबै तैँ चुप, मै चुपको अवस्थामा देखिएका छन् । महोत्सवले पुँजिको पलायन गर्नमा मुख्य भुमिका खेलेको नेपाल वार एसोसियसनका जिल्ला बार इकाइका अध्यक्ष डाक्टर शिवराज पण्डितले बताए । ‘कुनै व्यक्ति र समुहको फाईदाका लागि देखासिकी गतिविधि भित्रिन थालेका छन् ।’ डा. पण्डितले भने, ‘स्थानिय उत्पादन, कला संस्कृतिको नाम दिएर जसरी ठगीखाने संस्कृतिको विकास हुँदै छ यस प्रति सबैको ध्यान जान जरुरी छ ।’ ‘जिल्लाको समृद्धि नभएर प्यूठानीको खल्ती रित्याएर पिङवाला, कलाकार र विदेशी व्यापारीको खल्ती भर्ने खेलो हुन थालेको छ ।’ स्थानिय व्यवसायी लोक बहादुर बस्नेतले भने,‘यो समग्रमा प्यूठानी खल्ती रित्याउने काम हो ।’  ‘महोत्सवबाट स्थानिय समुदायले के लाभ लिन्छन्? महोत्सवको मुल प्रश्न यहाँनेर रहेको हुन्छ ।’ नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महाविर रानाले भने, ‘महोत्सवसंग स्थानिय कला संस्कृति, मौलिकता, भेषभुषा, स्थानिय उत्पादन र जनजिवनलाई जोड्न सकिएन भने त्यो महोत्सव हुन सक्दैन ।’ अन्यथा जिल्लाको पुँजी बाहिर पठाउने, बिकृति बिसङ्गगतीलाई प्रश्रय दिने, स्थानिय व्यापार व्यवसायलाई नोक्सान हुने गतिविधि महोत्सवमा भए भने त्यसले समुदायलाई अधोगती तर्फ उन्मुख गराउने बाहेक अरु केही योगदान नपुग्ने रानाको ठम्याई छ । ‘प्यूठानमा अहिले भैरहेको महोत्सव के साच्चीकै महोत्सव हो त? गम्भीर समिक्षाको विषय छ ।’ नेरस शाखा प्यूठानका सभापति गुमानराज पुलामीले भने, सरोकारवालाहरुमा कुनै सरोकार छैन् समुह पिच्छे महोत्सव भनेर यस्ता गतिविधि हुन थालेमा के प्यूठानवासीको क्रयशक्तिले धान्ने की नधान्ने?’ महोत्सव फेसनको रुपमा चलिरहेको गैसस महासंघका अध्यक्ष नेत्रमणि आचार्यले बताए । आर्थिक समृद्धिको पक्षमा भन्दा पनि आजभोलीका महोत्सव तडक–भडक मनोरञ्जनमा बढी केद्रित भएको आचार्यको भनाई छ ।ढिलै भएपनि निजी क्षेत्र प्यूठान उद्योग वाणिज्य संघले महोत्सवप्रतिको आफ्नो संस्थागत धारणा प्रेस विज्ञप्ती मार्फत जाहेर गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘जिल्लाको निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था प्यूठान उद्योग वाणिज्य संघले नै प्रयोग गर्दै आईरहेको कृषि पर्यटन र उर्जाको नारा र प्यूठान महोत्सव भन्ने शिर्षक संघको परामर्शविना राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताईएको छ । ‘उद्योग वाणिज्य संघसंग एकपटक पनि परामर्श नगरि महोत्सव आयोजना गर्ने संस्थाको विधानमा मेला महोत्सव गर्ने कुरा उल्लेख छ वा छैन भन्ने कुरा समेत अध्ययन नगरि स्थानिय सरकार र स्थानिय प्रशासनले अनुमती दिनु गैर जिम्मेवार र खेदजनक कुरा हो ।’ विज्ञप्तीमा भनिएको छ ।कुनै निश्चित ठेकेदारलाई बोलाई महोत्सवको जिम्मा दिने अनि सिमित व्यक्तिको स्वार्थका लागि निश्चित रकममा सम्झौता गर्ने तर कति रकम हो भन्ने समेत सार्वजनिक नगर्ने परिपाटीको विकास हुँदा हर–कोहीले महोत्सव लगाउन सक्ने प्रवृति बढेको पाईन्छ । तर यहाँ नियमनकारी निकायले कुनै पनि अध्ययन नै नगरि हचुवाको भरमा महोत्सव संचालनको अनुमती किन र के–का लागि दिएका छन् भन्नेवारे चौतर्फी आलोचना एवं अन्यौलता छाएको छ । देशमा विभिन्न जिल्लामा प्राय उद्योग वाणिज्य संघको अगुवाईमा महोत्सव मेलाहरु संचालन हुँदै आएका छन् र प्यूठानमा पनि यस्तै विगत छ । महोत्सवको नाममा वर्षेनी हिँउदे खेलोेको रुपमा जुन ढंगले ठेक्का सिस्टमबाट मेला आयोजना गर्ने र वर्षै पिच्छे जिल्लाको आम्दानी बाहिरीन थालेपछि महोत्सव प्रतिको बुझाईमा यतिबेला आम सर्वसाधारणमा वितृष्णा उठ्न थालेको छ । निश्चित् वर्षको अन्तरालमा एउटा विशिष्ट उदेश्यका साथ जिल्लाको समग्र तह र तप्का एकजुट भई बृहत रुपमा गरिने उत्सवलाई महाउत्सव बनाउन महोत्सव गरिनु पर्दछ । तर यहाँको नियमक निकायले गंभीर रुपमा लिन नसक्दा वर्षैपिच्छे र महिनै पिच्छे महोत्सवका नाममा गतिविधि हुन थालेका छन् र यसले निकाल्ने परिणाम प्रत्यूत्पादक हुने निश्चित् छ ।

    सभामा एजेण्डाकै रुपमा लान्छौँः
    महोत्सव प्रति आम सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै निश्चित् समुहले आफ्नो क्षेत्राधिकार भन्दा वाहिर गएर मेला महोत्सव गर्नु आफैमा गलत हो र पछिल्लो समय महोत्सव व्यवसायिकतामा बढी केन्द्रित हुन थालेका छन् । मेला महोत्सवबारे स्थानिय तहलाई ठोस धारणा बनाउन भनेको छु स्थानिय सरकारका प्रमुखहरु यसबारे सकरात्मक हुनुहुन्छ । अब बस्ने जिल्ला सभामा महोत्सवबारे ठोस कार्यविधि बनाउँछौ ।

    केशवराज आचार्य
    संयोजक ः जिल्ला समन्वय समिति प्यूठान ।

    महोत्सवबारे स्पष्ट धारणा बन्न जरुरी छ
    मेला महोत्सवको संचालन अनुमती दिने काम स्थानिय सरकारको हो । हामीले विशेषत शान्ती सुरक्षाको पाटोलाई हेर्छौँ । अबका दिनमा महोत्सव सब्दको गरिमाबारे आम सरोकारवाला पक्ष गम्भीर बन्न जरुरी छ । स्पष्ट कानुनी आधार नहुँदा मेला महोत्सव कसले गर्न पाउने कस्ले नपाउनेबारे अन्यौलता भएकै हो । महोत्सवबारे ठोस धारणा बनाउन हामीले स्थानीय तहहरुमा पत्राचार गरेका छौँ । महोत्सव संचालनबारे जिल्ला समन्वय समितिको अगुवाईमा कार्यविधि बनेमा धेरै सहज हुने थियो । अब ढिला नगरि महोत्सवको विषयमा जिल्लाले स्पष्ट धारणा बनाउन जरुरी छ ।

    बद्रीनाथ गैह्रे
    प्रमुख जिल्ला अधिकारी प्यूठान

    यो कमजोरी अब सच्चाईन्छ

    स्थानिय तहमा स्पष्ट कानुन तथा नीतिगत व्यवस्था नहुँदा महोत्सवलाई रोक्न नसकिएको हो । महोत्सव सब्दले आम प्यूठानको जनजिवनलाई बोक्न सक्नुपर्दछ । र स्थानिय कला संस्कृतिको जगेर्ना, स्थानिय उत्पादनलाई बजारिकरण तथा प्रवद्र्धनमा मुख्य भुमिका खेल्न सक्नुपर्दछ । अबका दिनमा सिमित उदेश्य राखेर हरकोहीले महोत्सव गर्ने परिपाटीलाई कडाईका साथ बन्द नै गर्न पर्दछ । हामी यस विययमा गम्भीर छौँ र अब छिट्टै मेला महोत्सववारे नगरपालिकाले कार्यविधि बनाएर भावी दिनमा यस प्रकारका कमजोरी हुन दिईने छैन् ।

    अर्जुनकुमार कक्षपति
    नगरप्रमुख ः प्यूठान नगरपालिका प्यूठान ।

    आइतबार, फागुन ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • २.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ३.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ४.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ५.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ७.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ८.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...