• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • ९. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • १०. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

बाहानेमा एकिकृत घुम्ती शिविर सञ्चालन, ७० वर्षको उमेरमा नागरिकता


  •   शनिबार, माघ २६, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान। नौवहिनी गाउँपालिका – २ लिघा भूमेधाराका एक वृद्ध पुरुषले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । भूमेधाराका पुने घर्तिमगरले ७० वर्षको उमेरमा पहिलो पटक नागरिकता प्राप्त गर्नुभएको हो । आर्थिक अवस्था न्युन हुनाले सदरमुकाम सम्म आउन नसक्दा नागरिकता पाउनबाट आफु बन्चीत भएको उहाँले बताउनुभयो । नागरिकता नहुँदा भोट हाल्न संगै वृद्ध भत्ता पाउन समेत उहाँ बन्चित हुनुहुन्थ्यो ।वृद्ध पुन शारिरिक अंपागता बामपुड्को हुनुहुन्छ । उहाँलाई सानोमा भेडाले हानेर बायाँ हात चल्दैन् । आर्थिक नभएरै नागरिकता पाउँन रोकीएका उहाँ नागरिकता पाउँदा खुशी हुनुभएको छ । सानैमा बाबु आमाको मृत्यु भयो उहाँले भन्न्ुभयो ,–‘ वडा कार्यालयकी प्रशासन सहायक पिमा थापाले जिल्ला प्रशासन कार्यालयले नौवहिनीमा एकिकृत घुम्ति शिवीर सञ्चालन गरेको थाहाँ पाएर नागरिकता बनाउन आएको हुँ । ’ नागरिकता बनाउन जिल्ला सदरमुकाम खंलगा जान नसक्दा आफुले नागरिकता बनाउन नसकेको बताउनुभयो । उहाँले आफ्ना भाई सुकलाल घर्ति मगरको सहयोगमा नागरिकता बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा नौवहिनी गाउँपालिकाको सहयोगमा भएको एकिकृत घुम्ति शिविरमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेको हातबाट उहाँले नागरिकता बुझनुभएको छ ।  ७० वर्षको उमेरमा नागरिकता पाएपछि पुने घर्तिमगर खुसी भएको प्रतिक्रिया दिनुभयो । जिल्ला सदरमुकाम जाँन नसक्दा नेपाली नागरिकबाट बञ्चित थिए उहाँले खुसी हुदै भन्न्ुभयो, –‘ऐले सबै कागजपत्र मिलाएर आएपछि नागरिकता बन्यो खुसी छु । ’ उहाँ अंपाग हुनुहुन्छ । सानै देखि अंपाग उहाँले नागरिकता नभएकै कारण अंपाग परिचय पत्र नपाएको गुनासो व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर हुनाले पढेको पनि हुनुहुन्न उहाँले ।नागरिकता बनेसंगै उनले अंपाग परिचयपत्र, मतदाता नामावली बनाएर फर्कने बताउनुभयो । उहाँले अब देखि वृद्ध भत्ता समेत बुझने आश गर्नुभएको छ । उहाँ अविवाहित हुनुहुन्छ । उहाँ कहिल्ये भाईको घर त कहिले आफन्तीको घरमा बस्दै आएको उनका छिमेकी बताउछन् । वडा नंम्बर २ की प्रशासन सहायक पिमा थापाले आफुले खबर गरि नागरिकता बनाउन ल्याएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएरै वडा कार्यालयले नागरिकता बनाउनको लागि आवश्यक सिफारिस समेत निशुल्क बनाईदिएको बताउनुभयो ।
    घुम्ति शिविरमा सेवा लिनेको घुईचो
    जिल्ला प्रशासनको आयोजना तथा नौवहिनी गाउँपालिकाको सहयोगमा सञ्चालन भएको शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले गर्नुभएको छ । दुर्गम गाउँका स्थानियलाई घर दैलोमा पुगेर सरकारी सेवा दिने उदेश्य अनुसार नौवहिनी गाउँपालिकाको केन्द्र बाहानेमा घुम्ति शिविर सञ्चालन गरिएको गैहृेले जानकारी दिनुभयो । अहिले नेपालमा संघिय शासन प्रणाली लागु भएको छ र विभिन्न तहका सरकारहरुले आ –आफनो कार्यक्षेत्र भित्र रहेर कार्यहरु गर्दै आईरहेको अवस्था छ । स्थानिय स्तरमा रहेको स्थानिय सरकारबाट अहिले धेरै सेवाहरु उपलब्ध भएका छन् । तर केहि सेवाहरु लिन जिल्ला सदुमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ । उहाँले भन्न्ुभयो,–‘जिल्ला सदरमुकाम बाट प्रदान गर्ने सेवालाई स्थानिय स्तरसम्म पु¥याउन वाहानेमा शिविर सञ्चालनमा ल्याएका हौँ ।’स्थानिय तहको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रदान गरेको उहाँले बताउनुभयो । यस आर्थिक वर्षमा गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, ऐरावती गाउँपालिकामा शिविर सञ्चालन गरिसकेको उहाँले बताउनुभयो । उहाँले आर्थिक वर्षको चौथो शिविर वाहानेमा गरेको बताउनुभयो ।स्थानिय स्तरमै एकीकृत घुम्ति शिविर सञ्चालन भएपछि सेवा लिनेको घुईचो लागेको छ । चलेको शिविरमा सयौँ सेवाग्राहीले सेवा लिने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ गाउँपालिकाले लिएको उदेश्य पूर्णतया सफल भएको महशुस गरेको छु ।’ साथै आगामी दिनमा जिल्ला प्रशासनको सहयोग लिएर गाउँपालिकाको अन्य दुर्गम बस्तीहरुमा शिविर सञ्चालन गर्न पहल गरिने उहाँले बताउनुभयो । गाउँपालिकाका ८ वटै वडाबाट सेवाग्राही आउने विश्वास लिएको उहाँले बताउनुभयो ।शनिवार र आईतबार गरि २ दिन सम्म चल्ने शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण, जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम , जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिनुभयो । त्यस्तै नौवहिनी गाउँपालिकाबाट अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, स्वास्थ्य शिविर, पशुसँग सम्बन्धित सेवाहरु , कृषिसँग सम्बन्धित सेवाहरु दिईने गाउँपालिका अध्यक्ष शिवराज रिजालले बताउनुभयो ।

    Advertisement

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ५.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...