• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

लोकप्रिय समाचार

  • १. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • २. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ३. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ४. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ५. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ६. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ७. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ८. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

  • ९. गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

  • १०. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

बाहानेमा एकिकृत घुम्ती शिविर सञ्चालन, ७० वर्षको उमेरमा नागरिकता


  •   शनिबार, माघ २६, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान। नौवहिनी गाउँपालिका – २ लिघा भूमेधाराका एक वृद्ध पुरुषले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । भूमेधाराका पुने घर्तिमगरले ७० वर्षको उमेरमा पहिलो पटक नागरिकता प्राप्त गर्नुभएको हो । आर्थिक अवस्था न्युन हुनाले सदरमुकाम सम्म आउन नसक्दा नागरिकता पाउनबाट आफु बन्चीत भएको उहाँले बताउनुभयो । नागरिकता नहुँदा भोट हाल्न संगै वृद्ध भत्ता पाउन समेत उहाँ बन्चित हुनुहुन्थ्यो ।वृद्ध पुन शारिरिक अंपागता बामपुड्को हुनुहुन्छ । उहाँलाई सानोमा भेडाले हानेर बायाँ हात चल्दैन् । आर्थिक नभएरै नागरिकता पाउँन रोकीएका उहाँ नागरिकता पाउँदा खुशी हुनुभएको छ । सानैमा बाबु आमाको मृत्यु भयो उहाँले भन्न्ुभयो ,–‘ वडा कार्यालयकी प्रशासन सहायक पिमा थापाले जिल्ला प्रशासन कार्यालयले नौवहिनीमा एकिकृत घुम्ति शिवीर सञ्चालन गरेको थाहाँ पाएर नागरिकता बनाउन आएको हुँ । ’ नागरिकता बनाउन जिल्ला सदरमुकाम खंलगा जान नसक्दा आफुले नागरिकता बनाउन नसकेको बताउनुभयो । उहाँले आफ्ना भाई सुकलाल घर्ति मगरको सहयोगमा नागरिकता बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा नौवहिनी गाउँपालिकाको सहयोगमा भएको एकिकृत घुम्ति शिविरमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेको हातबाट उहाँले नागरिकता बुझनुभएको छ ।  ७० वर्षको उमेरमा नागरिकता पाएपछि पुने घर्तिमगर खुसी भएको प्रतिक्रिया दिनुभयो । जिल्ला सदरमुकाम जाँन नसक्दा नेपाली नागरिकबाट बञ्चित थिए उहाँले खुसी हुदै भन्न्ुभयो, –‘ऐले सबै कागजपत्र मिलाएर आएपछि नागरिकता बन्यो खुसी छु । ’ उहाँ अंपाग हुनुहुन्छ । सानै देखि अंपाग उहाँले नागरिकता नभएकै कारण अंपाग परिचय पत्र नपाएको गुनासो व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर हुनाले पढेको पनि हुनुहुन्न उहाँले ।नागरिकता बनेसंगै उनले अंपाग परिचयपत्र, मतदाता नामावली बनाएर फर्कने बताउनुभयो । उहाँले अब देखि वृद्ध भत्ता समेत बुझने आश गर्नुभएको छ । उहाँ अविवाहित हुनुहुन्छ । उहाँ कहिल्ये भाईको घर त कहिले आफन्तीको घरमा बस्दै आएको उनका छिमेकी बताउछन् । वडा नंम्बर २ की प्रशासन सहायक पिमा थापाले आफुले खबर गरि नागरिकता बनाउन ल्याएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएरै वडा कार्यालयले नागरिकता बनाउनको लागि आवश्यक सिफारिस समेत निशुल्क बनाईदिएको बताउनुभयो ।
    घुम्ति शिविरमा सेवा लिनेको घुईचो
    जिल्ला प्रशासनको आयोजना तथा नौवहिनी गाउँपालिकाको सहयोगमा सञ्चालन भएको शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले गर्नुभएको छ । दुर्गम गाउँका स्थानियलाई घर दैलोमा पुगेर सरकारी सेवा दिने उदेश्य अनुसार नौवहिनी गाउँपालिकाको केन्द्र बाहानेमा घुम्ति शिविर सञ्चालन गरिएको गैहृेले जानकारी दिनुभयो । अहिले नेपालमा संघिय शासन प्रणाली लागु भएको छ र विभिन्न तहका सरकारहरुले आ –आफनो कार्यक्षेत्र भित्र रहेर कार्यहरु गर्दै आईरहेको अवस्था छ । स्थानिय स्तरमा रहेको स्थानिय सरकारबाट अहिले धेरै सेवाहरु उपलब्ध भएका छन् । तर केहि सेवाहरु लिन जिल्ला सदुमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ । उहाँले भन्न्ुभयो,–‘जिल्ला सदरमुकाम बाट प्रदान गर्ने सेवालाई स्थानिय स्तरसम्म पु¥याउन वाहानेमा शिविर सञ्चालनमा ल्याएका हौँ ।’स्थानिय तहको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रदान गरेको उहाँले बताउनुभयो । यस आर्थिक वर्षमा गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, ऐरावती गाउँपालिकामा शिविर सञ्चालन गरिसकेको उहाँले बताउनुभयो । उहाँले आर्थिक वर्षको चौथो शिविर वाहानेमा गरेको बताउनुभयो ।स्थानिय स्तरमै एकीकृत घुम्ति शिविर सञ्चालन भएपछि सेवा लिनेको घुईचो लागेको छ । चलेको शिविरमा सयौँ सेवाग्राहीले सेवा लिने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ गाउँपालिकाले लिएको उदेश्य पूर्णतया सफल भएको महशुस गरेको छु ।’ साथै आगामी दिनमा जिल्ला प्रशासनको सहयोग लिएर गाउँपालिकाको अन्य दुर्गम बस्तीहरुमा शिविर सञ्चालन गर्न पहल गरिने उहाँले बताउनुभयो । गाउँपालिकाका ८ वटै वडाबाट सेवाग्राही आउने विश्वास लिएको उहाँले बताउनुभयो ।शनिवार र आईतबार गरि २ दिन सम्म चल्ने शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण, जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम , जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिनुभयो । त्यस्तै नौवहिनी गाउँपालिकाबाट अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, स्वास्थ्य शिविर, पशुसँग सम्बन्धित सेवाहरु , कृषिसँग सम्बन्धित सेवाहरु दिईने गाउँपालिका अध्यक्ष शिवराज रिजालले बताउनुभयो ।

    Advertisement

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक
    रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    लोकप्रिय

    • १.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • २.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’

    • ३.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ४.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ५.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ६.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    भर्खरै

    • १.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • २.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ३.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ४.
      सडकको बीचमै बिजुलीको पोल

    • ५.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ६.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ७.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ८.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...