• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

यस्ताे छ, गाँउ बस्तीमा “छोरी–बुहारी विदेश, श्रीमान्–ज्वाइँ घरै”


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • सिन्धुपाल्चोक । जुगल गाउँपालिका ३, तेम्बाथानकी २८ वर्षीया खामील्हामु शेर्पा साइप्रसबाट फर्किएको महिना दिन भयो । ४ वर्ष २ महिना त्यहाँ बसिन् । त्यसअघि इराक र कतार गएकी थिइन् । अब तत्काल विदेश जाने सोचमा छैनन् ।गाउँ पुग्न सदरमुकाम चौताराबाट २ दिन लाग्छ । घरको आर्थिक अवस्था कमजोर भएकाले बाध्य भएर बिदेसिनुपरेको उनले गुनासो गरिन् । घरबाट विदेश जाने उनी एक्ली होइनन् । परिवारका अधिकांश सदस्य इराक, दुबई र कुवेतमा छन् ।‘नयाँदिल्ली हुँदै इराक पुगेकी थिएँ,’ उनले भनिन्, ‘हाउसकिपिङमा काम गरें, कुनै समस्या भएन ।’ उनलेआफ्नो कमाइले बुबाआमालाई घर बनाउन सहयोग गरेको बताइन् । धान फल्ने खेत छैन । बारीमा मकै र कोदो मात्र उब्जिन्छ । त्यसले वर्ष दिन धान्दैन । ‘गाउँमै बसेर परिवार पाल्न गाह्रो थियो,’ उनले भनिन्, ‘बाध्यताले बिदेसिनुपर्‍यो ।सात दिदीबहिनीमध्ये उनी साइली हुन् । दाजु मिङ्मार जेठमा दुबईबाट फर्किए, भाइ रिन्जी एक वर्षदेखि इराकमा छन् । भाउजू ३ वर्षदेखि कुवेतमा छिन् । २ बहिनी काठमाडौं, थानकोटमा पढिरहेका छन् । जेठी दिदी साङ्बु २ वर्ष इराक बसेर फर्किइन् । ठाइँली बहिनी पल्मु श्रीमान्सँगै इराकमा छिन् । ठूली कान्छी फुर्गेल्मु २ वर्ष कुवेत बसेर फर्केकी छन् । माइली दिदी १४ वर्षमै बितिन् ।

    Advertisement

    ‘कमाएको पैसा घरखर्चमै लगानी भयो,’ फुर्गेल्मुले भनिन्, ‘केही जम्मा गरेका छौं, बुबाआमाले आफ्नो खर्चले बिहे गरिदिन सक्ने अवस्था छैन, बिहेका लागि थोरबहुत जम्मा गरेका छौं ।’बुबा उङी र आमा मिङ्मार छोराछोरीको कमाइबाट पालिएका छन् । ‘पहिला छोराछोरी धेरै जन्माएर दु:ख पाइयो भन्ने लागेको थियो,’ आमामिङ्मारले भनिन्, ‘अहिले सहारा बनेका छन्, उनीहरूकै कमाइले बाँचेका छौं ।’घर ठड्याउनेदेखि खाद्यान्नको जोहो गर्नेसम्मको काम छोराछोरीले मिलेर गरिरहेका छन् । तेम्बाथान र गुम्बाथानका अधिकांश छोरीबुहारी विदेशमा छन् । घर हेर्ने काम छोरा–ज्वाइँले गरिरहेका छन् । विदेश गएकाले घरमा सोलार राखेका छन् । पुरानो घरलाई नयाँ बनाएका छन् । छोराछोरीलाई सहरमा राखेर पढाएका छन् । तेम्बाथानमा १ सय ६० घरधुरी छन् । वडा ३ को गुम्बाथानमा २ सय घरधुरी छन् । यो गाउँकाकरिब ५० घरका युवायुवती इराकमा रहेको स्थानीय कान्छा लामाले जानकारी दिए । ‘म पनि इराकगएको थिएँ, काम नपाएर फर्किएँ, महिलालाई जस्तो सजिलो पुरुषलाई हुँदैन रहेछ,’ उनले भने, ‘एक महिना पनि अडिन सकिनँ ।’

    महिलाहरू गाउँकै एजेन्टमार्फत इराक जाने गरेका छन् । ‘सजिलो तरिकाले इराक जाने कम छन्,’ गुम्बाथानका मिङ्मार लामाले भने, ‘अधिकांश एजेन्टमार्फत जाने गरेका छन्, यसरी महिला गाउँबाट इराक जान थालेको १५ वर्षभन्दा बढी भयो ।’घरेलु कामदारमा महिलाको माग धेरै हुन्छ । उनीहरू मासिक ३५ देखि ४० हजार रुपैयाँ कमाउँछन् । पुरुषले प्राय: गाडी चलाउने काम पाउँछन् । इराकमा समस्या भए पनि खाडी मुलुक जानेमा पुरुष बढी छन् । गुम्बाथानका नुर्पु लामाले श्रीमती साङ्गे डोल्मालाई इराक पठाएका छन् । जेठी छोरीसाङ्मो पनि उतै छिन् । घरव्यवहार नुर्पुले सम्हालेका छन् । श्रीमतीले छोराछोरी पढाउन सजिलो होस् भनेर सानो किराना पसल खोलिदिएकी छन् । ‘घरमा खाना पकाउनेदेखि छोराछोरीलाई तयार बनाएर विद्यालय पठाउनेसम्मको काम आफैं गर्दै आएको छु,’ उनले भने, ‘घरमा लाग्ने खर्च श्रीमतीले पठाइदिन्छिन् ।’उनले पनि नयाँ घर ठड्याएका छन् । श्रीमती गएको ५ वर्ष र छोरी गएको २ वर्ष भयो । श्रीमतीले पठाएको पैसा लिन उनी ३/३ महिनामा जलवीरे, बाह्रबिसे पुग्छन् । पसलको सामान लिन बनेपा जान्छन् । ‘पूरै गृहिणी भएको छु,’ उनले भने, ‘कामबाट सन्तुष्ट छु, श्रीमती विदेश नगएको भए म जानुपथ्र्यो ।’ उनले इराकमा पुरुषलाई काम पाउन समस्या भएकाले नगएको गुनासो गरे । छोरा कुशल कक्षा ८ मा, छोरीहरू पासाङ डोल्मा कक्षा ६ र महागाली कक्षा ३ मा पढ्छन् ।छाल्देन लामाले पनि काइली छोरी सुक डोल्मालाई ९० हजार ऋण गरेर इराक पठाएका छन् । २ वर्षको अवधिमा छोरीले डेढ लाख पठाएको उनले बताए । ‘छोरीलाई काम कस्तो छ भनेर सोध्दा राम्रो छ, कुनै समस्या छैन भनेकी छ,’ उनले भने, ‘गाउँका थुप्रै युवती इराक गएकाले छोरीलाई पठाएँ ।’ घरको आर्थिक अवस्थाले गर्दा छोरीलाई पढाउन नसकेको उनको गुनासो छ । ‘छोरा कमाउन सक्ने भएका छैनन्,’ उनले भने, ‘छोरी ठूला छन्, घरको आर्थिक अवस्थाले कमाउन विदेश जाने हिम्मत छोरीले नै गरिन् ।’जुगल गाउँपालिकाको दिपु, तेम्बाथान, गुम्बाथान, क्याङसिङबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या धेरै छ । प्राय: घरबाट रोजगारीका लागि बिदेसिएकै छन् । धेरैजसो इराक पुगेका छन् । भन्छन्, ‘इराकमा पुरुषभन्दा महिलालाई सजिलो छ ।’छोरीले पठाएको पैसा झिक्न काठमाडौं जाने गरेको उनले सुनाए । ‘उतैबाट घरमा आवश्यक खाद्यान्नदेखि लत्ताकपडा किनेर फर्किन्छु,’ उनले भने । उनका चार छोरी र २ छोरा छन् । जेठी करमाया ४ वर्ष ६ महिना इराक बसेर फर्किएकी छन् । असारमा फर्किएकी उनले मंसिरमा घरजम गरिन् ।

    अगुवा गिर्मी लामा गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या रहेको बताउँछन् । ‘आम्दानीको स्रोत छैन, रोजगारीका लागि अवसर छैन,’ उनले भने, ‘त्यसैले धेरै जना उमेर बढाएर विदेश जाने गरेका छन् ।’गाउँकै २९ वर्षीया डोमा लामा ४ वर्ष इराक बसेर नौ महिनाअघि फर्किएकी छन् । उनका दुई दिदी उतै छन् । अहिले डेढ लाख लगानी गरेर किराना पसल खोलेकी छन् । श्रीमान् कान्छा लामा चौंरी हेरचाहमा व्यस्त हुन्छन् । १५ वटा चौंरी किन्न डोल्माले आर्थिक सहयोग गरेकी हुन् । उनलाई अब विदेश जानु छैन । पसल राम्रो चलेको छ । उनले भनिन्, ‘घरपरिवारसँगै बसेर काम गर्न मन छ ।’ एउटी छोरी छिन् ।

    ‘गुम्बाथानका प्राय: घरबाट कुनै न कुनै देशमा रोजगारीका लागि जानेहरू छन्,’ स्थानीय क्याबलुङथाङ आधारभूत विद्यालयका प्रअ गंगाराम सापकोटाले भने, ‘विदेश पलायन हुनुको मुख्य कारण आर्थिक अवस्था हो ।’जुगल गाउँपालिकाको दिपु, तेम्बाथान, गुम्बाथान, क्याङसिङबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या धेरै छ । ‘कति महिला वैदेशिक रोजगारीका लागि गएका छन् भन्ने तथ्यांक छैन, अहिले तथ्यांक लिइरहेका छौं तर कर्मचारी अभावले समस्या भएको छ,’ गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउँदै छौं, त्यसपछि बिदेसिनेको संख्या घट्नेछ ।’ अाजकाे कान्तिपुरबाट

     

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation