• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

जाजरकोटमा अस्थायी साधन प्रयोग गर्ने बढ्दै


  •   मङ्गलबार, माघ १५, २०७५ मा प्रकाशित
  • जाजरकोट ।दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर जागरणका कारण ग्रामीण क्षेत्रमा अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या बढेको हो ।

    Advertisement

    सञ्चार माध्यमको पहुँच गाउँगाउँमा बढ्नु र सङ्घसंस्थाले निरन्तर जनसङ्ख्या नियन्त्रण गर्न विभिन्न सुरक्षित उपाय खुलेर सिकाउन थालेपछि अहिले अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या बढेको स्थानीय तहका स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।

    बारेकोट गाउँपालिका स्वास्थ्य स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख वीरराज सिंहका अनुसार पहिले–पहिले पुरुष मात्र अस्थायी साधन माग्न स्वास्थ्य संस्था आउने गर्थे, अहिले महिला पनि खुलेर अस्थायी साधन मागेर लिने गरेका छन् । जिल्लाका अधिकांश महिला स्वयंसेविकामार्फत वितरण हुँदै आएको अस्थायी साधन कसैले नलिँदा पहिले दराजमा थन्किने गरेकामा अहिले एकैक्षणमा वितरण हुने गर्दछ ।

    विभिन्न यौनजन्य रोगबाट बच्नदेखि सन्तानका रहर पुगेका महिला तथा पुरुषले बढी प्रयोग गर्ने गरेको नलगाड नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । पहिलेको भन्दा अहिले ह्वात्तै माग बढेको स्वास्थ्यकर्मी बताउँछन् । निजी मेडिकलमा समेत अस्थायी साधनको बिक्री दर बढेको बारेकोट सिलिङगीका रामबहादुर शाहीले बताए ।

    जिल्लाका विभिन्न ठाउँमा हुने स्वास्थ्य शिविरमा कपटी, नरप्लान्ट र परिवार नियोजन गर्ने महिला तथा पुरुषको सङ्ख्या बढी नै आउने गरेको प्रमुख सिंहले जानकारी दिए। धेरै सन्तान जन्माउँदा पढाउन र दैनिक आवश्यकता पूरा गर्न समस्या परेको भन्दै ग्रामीण क्षेत्रमा स्थानीयवासी कम सन्तान जन्माएर राम्रो शिक्षा, स्वास्थ्य र खाना दिन सके राम्रो हुने तर्क गर्न थालेका छन् ।

    अहिले विद्यालयमा समेत प्रजनन् स्वास्थ्यका विषयमा शिक्षक तथा अभिभावकबीच छलफल हुने गरेको पञ्च भयार माध्यमिक विद्यालयका नलगाड–८ शिक्षक वीरबहादुर खत्रीले बताए। खत्रीले भने, “धुलिखेलमा स्वास्थ्य शिक्षा कसरी पढाउने भन्ने विषयमा तालीम लिएपछि मलाई थप ऊर्जा पैदा भएको छ र सबै शिक्षक तथा विद्यार्थीलाई खुलेर छलफल गराउने जागरण पैदा भएको छ ।”

    जिल्लाभरि स्वास्थ्य पढाउने शिक्षकलाई धुलिखेलमा स्वास्थ्य विषय कसरी शिक्षण गर्ने भन्ने विषयमा व्यापक छलफल गरिएको थियो । एउटा शिक्षकको काम विद्यालयमा मात्र पढाउनु मात्र, नभई समाज सुधारको नाइके भएर अगाडि बढ्नु पनि हो भन्ने मान्यता आत्मसात् गर्न खत्रीको सुझाव छ ।

    मङ्गलबार, माघ १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation