रबिन विश्वकर्मा,प्युठान।
प्युठानी गायक ईमान सिंह राहु मगरको मौलिक सालैजो गित “खलंगा माथि” गीतको भिडियो सार्वजनिक भएको छ म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत आज भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक ईमान सिंह राहु मगर र गायिका सर्मिला गुरुङ्गको उत्कृष्ट्र आवाज रहेको छ ।
गीतमा प्युठान जिल्लाको सदरमुकाम खलंगा,मल्लारानी गाउंपालिका ४ को प्रचुर पर्यटकिय संम्भावना बोकेको पर्यटकिय स्थल मल्लारानी,बिजुवार बजार,प्युठानका दुई नदीहरु झिमरुक र माडि लगायका स्थानहरुको शसक्त बयान गरिएको छ । गायक ईमान सिंह राहु मगरको शब्द रहेको गितमा प्युठानी गायक,मोडल तथा सर्जक गणेश घर्ति मगरको उत्कृष्ट लय तथा संगितमा गीत तयार पारीएको हो । गीतको भाव अनुसारको भिडियोलाई खबपु चञ्चल मगरले निर्देशन गरेका छन । भिडियोलाई पिटर गुरुङ्गले छाँयाकन तथा सम्पादन गरेको भिडियोमा मोडल प्रिया मगर र निर आले लगाएतका मोडल कलाकारहरुको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो
प्युठानी गायक ईमान सिंह राहु मगरको सालैजो गित:’खलंगा माथी’सार्वजनिक (भिडियो सहित)
प्युठानी गायक ईमान सिंह राहु मगरको सालैजो गित:’खलंगा माथी’सार्वजनिक (भिडियो सहित)

Advertisement
तपाईको प्रतिक्रिया