कामना डेली,गुल्मी।
वन–जंगलमा सुकेका काठहरु सडेर गएका छन् । तर ग्रामिण भेगमा समेत सिमित केहि विपन्न परिवार बाहेक ७५ प्रतिशत घर धुरीमा ग्याँस चुलो प्रयोग गर्न थालेका छन ।
Advertisement
पुरानो पिँढीलाई अगेनो प्यरो लागेको पाइयो, बुहारीलाई भने अनिवार्य ग्याँस चुलो नभई नहुने बुझियो । गुल्मीका स्थानिय तहहरुमध्ये मालिका गाउँपालिका अरुभन्दा विकट ग्रामिण क्षेत्रका रुपमा चिनिन्छ ।
त्यसै गाउँपालिकामा झण्डै ७५ प्रतिशत घर धुरीले ग्याँस चुलो प्रयोग गर्न थालेको सो गाउँपालिका वडा नम्वर ५ छापाहिलेका समाजसेवी चन्द्रबहादुर महतरा बताउँछन् ।