अनिल नेपाली,अर्घाखाँची।
अर्घाखाँचीको सन्धिखर्कमा जारी महोत्सवमा विक्री वितरणका लागि राखिएका विभिन्न पसलहरुको आज अनुगमन गरिएको छ। । जिल्ला स्तरीय अनुगमन समितिले महोत्सवमा राखिएका पदार्थहरु मानव स्वास्थ्यका लागि खान उपयुक्त छन् कि छैनन् भनेर आज अनुगमन गरेको हो । अनुगमन टोलीले मेलामा राखिएका स्टलहरुमा राखिएका खाद्य पदार्थहरु खान योग्य छन छैनन, उत्पादन मिति, अन्तिम उपभोग मिति लेखिएको छ छैन र दर्ता भएका पशलहरु स्टलमा छन कि छैनन भनेर अनुगमन गरेको बताएको छ।।
अनुगमनको क्रममा उपभोग्य मिति नलेखिएको, मुल्य सुची नभएको, लेभलिंग नदेखिएको पशलहरुलाइ तत्काल मुल्य सुची राख्न दुइ दिनको समय दिइएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताउनु भयो । यसै बिच महोत्सवको आज चौथो दिन बिभिन्न स्थानीय एवं ख्याती प्राप्त कलाकारहरुले प्रस्तुती दिएका थिए
अर्घाखाँची महोत्सबमा राखिएका पसलहरुको गरियो अनुगमन
अर्घाखाँची महोत्सबमा राखिएका पसलहरुको गरियो अनुगमन
Advertisement
तपाईको प्रतिक्रिया