• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

कामदार लैजान सरकार आफैले खोल्यो म्यानपावर


  •   शनिबार, पुष २१, २०७५ मा प्रकाशित
  • काठमाडौं । कतार जाने श्रमिकका अनेक गुनासा थिए । भर्ना प्रक्रियामै ठगी, करारपत्रमै कम्पनीको छली, तलबबिनै काम अनि अनुपयुक्त बासस्थान । नि:शुल्क भनिए पनि म्यानपावर कम्पनीले श्रमिकबाट रकम असुलिरहे ।
    कतारको सनैयास्थित ग्रान्ड मलको चौरमा बिदाको दिनमा किनमेल गर्न आएका नेपाली श्रमिकहरू । उनीहरू यो दिन साताभरि चाहिने खाद्यान्न किनमेल गर्छन् । तस्बिर : होम कार्की/कान्तिपुर

    Advertisement

    यही प्रवृत्ति रोक्न कतार सरकारले आफ्नै म्यानपावर कम्पनी खोलेको छ( वाजा । कतारी उद्योग तथा व्यापार मन्त्री अली विन अहमिद अल कुवारीको निर्णयमा पुस १८ देखि सञ्चालनमा आएको यो कम्पनीको पुँजी ५८ मिलियन रियाल छ । यसले आवश्यक विदेशी श्रमिक अब आफैं भर्ना गर्नेछ ।

    कतार सरकारले कामदारलाई बिचौलियाबाट ठगिन नदिन आफैं म्यानपावर कम्पनी खोलेको छ । सरकारी म्यानपावरले स्रोत देशबाट सोझै कामदार आपूर्ति गरी रोजगारदातालाई उपलब्ध गराउने भएकाले श्रमिकले म्यानपावरलाई मोटो रकम बुझाउनुपर्ने बाध्यता हट्नेछ ।
    कतारमा व्यक्तिका नाममा पनि म्यानपावर खोल्न पाइन्छ । यसैअनुसार झन्डै २ सयभन्दा बढीले सम्बद्ध देशका म्यानपावरसँग समन्वय गरी श्रमिक लैजाने गरेका थिए । वाजा ती म्यानपावरभन्दा फरक छ । कतारी नागरिकको सेयर मात्र रहने यो कम्पनीमा नियन्त्रण र व्यवस्थापन सरकारकै हुन्छ । कम्पनीले आगामी ५० वर्षसम्म काम गर्नेछ ।

    कतारको श्रम कानुनअनुसार श्रमिक कुनै शुल्क नतिरी त्यहाँ जान पाउँछन् । सम्पूर्ण लागत रोजगारदाताकै दायित्वमा पर्छ । तर व्यवहारमा त्यस्तो छैन । ‘रोजगारदाताले श्रमिक ल्याउन लाग्ने सेवा शुल्क कतारका म्यानपावर कम्पनीलाई दिन्छ । उनीहरूले त्यो शुल्क स्रोत देशका म्यानपावरसम्म पुर्‍याउँदैनन् । अनि तिनले श्रमिकसँगै सेवा शुल्क असुल्छन्,’ कतारका पूर्वराजदूत सूर्यनाथ मिश्र भन्छन् ।

    कतिपय म्यानपावरले मागपत्र हात पार्न उल्टै कतारी कम्पनीका मानव संसाधन विभाग प्रमुखलाई कमिसन बुझाउने गरेका छन् । नेपाली म्यानपावरले प्रतिकामदार एक हजार रियाल (३० हजार रुपैयाँ) सम्म दिन्छन् । ‘कतार यही अस्वस्थ प्रतिस्पर्धा हटाउन चाहन्छ । श्रमिक भर्ना प्रक्रिया स्वस्थ बनाउन चाहन्छ,’ हालै काठमाडौं आइपुगेका कतारी उच्च अधिकारीले भनेका थिए, ‘कतार सरकार श्रमिकलाई कुनै बहानामा भार नपर्ने प्रणाली विकास गर्न गइरहेको छ ।’

    कतारमा कार्यरत नेपालीसहित आप्रवासी श्रमिक ‘सप्लाई’ कम्पनीबाट पीडित छन् । कतारी नागरिकका नाममा कम्पनी दर्ता भए पनि यसका मुख्य सञ्चालक भारतीय, बंगाली, इजिप्टेली, पाकिस्तानी र नेपाली छन् । पछिल्लो समय झन्डै २ सयभन्दा बढी नेपालीका आफ्नै कम्पनी छन् । तिनमा २० देखि १५ सयसम्म श्रमिक छन् ।

    कतारका लागि नेपाली राजदूत रमेश कोइराला सप्लाई कम्पनीले श्रमिकलाई सरकारले तोकेको ज्याला नदिने बताउँछन् । ‘कतार सरकारले प्रतिघण्टा ३० रियाल छुट्याउँछ । श्रमिकको हातमा ६ रियाल मात्रै पर्छ,’ उनी भन्छन्, ‘यो सप्लाई कम्पनीको जालो तोड्न जरुरी छ ।’ श्रमिकको संख्याका आधारमा नाफा कमाउने हुँदा श्रमिकहरू सप्लाई सञ्चालकहरूलाई ‘टाउको बेच्नेहरू’ भन्छन् ।

    अधिकारीहरूका अनुसार अब वाजाले नै रोजगारदातालाई आवश्यक श्रमिक उपलब्ध गराउँछ । ‘ठूला कम्पनीलाई सधैं एउटै संख्यामा श्रमिक चाहिँदैन । आयोजनाभित्र हुने कार्य प्रकृतिका आधारमा ६/६ महिनाभित्र श्रमिकको संख्या थपघट भइराख्छ,’ कोइराला भन्छन्, ‘त्यस कारण पनि मुख्य कम्पनीहरू सप्लाई कम्पनीमाथि आश्रित भइदिन्छन् ।’

    वाजाले स्रोत देशमा पनि शाखा कार्यालय राख्नेछ । कतारले भिसा प्रक्रिया सहज बनाउन प्रमुख ९ देशमा भिसा सेन्टर खोल्ने निर्णय गरेको छ । श्रीलंका र बंगलादेशमा सञ्चालनमा आइसकेका छन् ।

    नेपालमा कार्यालय तयारी अवस्थामा छ । श्रम मन्त्रालय यो विषय द्विपक्षीय श्रम सम्झौतामा समेटिएपछि मात्र कतारी भिसा सेन्टर सञ्चालन गर्न दिने पक्षमा छ ।कान्तिपुरबाट

    शनिबार, पुष २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation