सुरज भट्टराई ,देवदह /लियो क्लब अफ लर्ड बुद्ध् र रुपन्देही सम्पर्क समिती , दक्षिण कोरियाद्वारा संयुक्त सहयोगमा विद्यार्थीलाई स्विटर ,विधालय फर्निचर र कार्पेट, एक कार्यक्रम बीच वितरण गरिएको छ ।
देवदह नगरपालिका वडा नं ३ , बसन्तपुर स्थित फुलबारी आधारभुत बिद्यालयका ३० जना बिपन्न विद्यार्थीलाई उनिहरुले बिधालयमा फर्निचर र कार्पेट प्रदान गरेका हुन । आधारभुत तहमा अध्धयन गर्ने, आर्थिक अवस्था कमजोर भएका करिब ३० जना विधार्थीहरुलाई, चिसोबाट बच्नको लागी उक्त सामाग्री भट्टराई नास्ता पसल का प्रोपराईटर गोपाल भट्टराईज्युको सहयोगमा प्रदान गरिएको हो ।

रुपन्देही सम्पर्क समिती , दक्षिण कोरियाका अध्यक्ष रामु कार्किको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख हिरा बहादुर खत्री ,देवदह न.पा वडा नं ३ का अध्यक्ष बैकुण्ठ कुवर, देवदह चौकीका इन्चार्ज भरत थापा, लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष गोपाल पान्डे , लियो क्लबका संथापक अध्यक्ष दिपेश बिक्रम मल्ल, पुर्व अध्यक्ष बिजेन्द्र मान शाक्य लगायत अन्य विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिकाको प्रमुख हिरा बहादुर खत्रीले विधालयको भौतिक पुर्वाधार मात्र नभई शैक्षिक सुधारका लागि लाग्न पनि नगरपालिका सचेत रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा दिपेश विक्रम मल्ल, दिपक गिरी ,विद्यालय व्यास्थापन समितिका अध्यक्ष्य लगायतले बोल्नुभएको थियो भने, सञ्चालन विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर कुवरले र स्वागत लियो क्लब अफ लर्ड बुद्धकाअध्यक्ष गोपाल पान्डेले गर्नुभएको थियो ।फुलबारी अधारबुत बिधालयका प्राध्यापक पुर्ण बहादुर कुवरले बिधालयका गरिब बालबालिका समक्ष प्रत्यक्ष रुपमा पुगेर सहयोग वितरण गरेर लियो क्लब अफ लर्ड बुद्धले निकै प्रशंशनिय कार्य गरेको र बालबालिकालाई राहत हुने बताए ।

Advertisement