• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

बर्दियामा भारतको बाघ गणना


  •   सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
  • काठमाडौं । सरकारले यसै वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा बाघ गणना ग¥यो । तर सार्वजनिक गरिएको बाघको संख्यामा भारतले आपत्ति जनाएको छ । आफूसँग सहकार्य नै नगरी सीमा क्षेत्रमा एकतर्फी गणना गरिएको बाघ आफ्नो देशको पनि भएको उसको दाबी छ । सरकारले सार्वजनिक गरेको रिपोर्टमा ३७ वटा बाघ बढेको भनी उल्लेख छ ।

    Advertisement

    वन तथा वातावरण मन्त्रालयले भने सीमावर्ती क्षेत्रमा सहकार्य गरी एकै पटक गणना गरेको बताएको थियो । सीमा क्षेत्रमा दुवै देशका बाघ वारपार हुने र बर्दिया क्षेत्रमा खाता जैविक मार्ग हुँदै बाघ भारत जाने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । यस वर्ष गणना गरी सार्वजनिक बाघको संख्या भने बर्दिया क्षेत्रकै हो भन्नेमा निकुञ्जसमेत विश्वस्त छैन । रेडियो कलर गरिएको बाघ भारत जाने÷आउने गरेको पाइएको उनले बताए ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सीमा आसपासमा दुवै देशले एकै पटक क्यामेरा राखेर बाघ गणना गरेको भनी रिपोर्ट सार्वजनिक गरेको थियो । निकुञ्ज खाता संरक्षित क्षेत्रको जैविक मार्ग हुँदै भारतको कतरनियाघाट पशु बिहारसँग जोडिएको छ । चार वटा बाघ सीमा क्षेत्रबाट खाता करिडोर हुँदै बर्दिया पुग्ने र फर्कने गरेका विश्व वन्यजन्तु कोषको रेकर्डमा छ । कतरनियाघाट पशु बिहारका फरेस्टर मोहम्मद आस्फाक बाघले सीमा नचिन्ने हुँदा जता पनि बस्ने बताउँछन् । भन्छन्, ‘यस्तो हुन नदिन संयुक्त गणना गरी तथ्यांक सार्वजनिक गर्नुपर्छ ।’

    भारतको कतरनियाघाट पशु बिहारमा भने बाघ गणनाका लागि राखिएको क्यामेरा एक साता अघिमात्र उठाइएको विश्व वन्यजन्तु कोष भारतका सिनियर कार्यक्रम अधिकृत आशीष विष्टले बताए । उनी भन्छन्, ‘सीमा क्षेत्रमा संयुक्त गणना नहुँदा बर्दियामा गनिएको बाघमा भारतका पनि हुन सक्छन् ।’ सन् २०१३ को तथ्यांकमा ५० वटा रहेको बाघ बढेर ८७ पुगेको निकुञ्जको भनाइ छ । ५ वर्षमा १ सय २५ पु¥याउने लक्ष्य राखिएको समेत निमित्त प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए ।

    खाता जैविक मार्गमा घाँसे मैदान, पानी, पर्याप्त आहारा भएकाले बाघको चहलपहल बढी हुने विश्व वन्यजन्तु कोष कार्यक्रम संयोजक भरत गोतामेले बताए । बर्दियाका बाघ सीमापारि प्रवेश गरी चार महिना बस्ने गरेको पनि उनले बताए । बाघ गणनाको प्रभावकारी संरक्षण नीति बनाई काठमाडौंदेखि दिल्लीसम्म प्रक्रिया सहज बनाउनुपर्ने निकुञ्जका कर्मचारीको माग छ ।

    विश्व वन्यजन्तु कोषका अनुसार एउटा बाघ ३ सय किलोमिटरसम्म हिँडेको पाइएको छ । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल भएको बर्दिया राष्ट्रिय निकुञ्ज साँघुरो भएकाले पनि बाघ भारत जाने गरेको निकुञ्जका कर्मचारीको भनाइ छ । एउटा भाले बाघका लागि ६० वर्गकिलोमिटरसम्म क्षेत्रफल आवश्यक पर्छ । सन् २०१३ मा १ सय ९८ गणना गरिएको बाघ पाँच वर्षमा बढेर २ सय ३५ पुगेको हो । सन् २०३० सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य छ । सीमा क्षेत्रमा वैज्ञानिक तवरबाट गणना नहुँदा दोहोरिने भन्दै बाघको प्रभावकारी गणना गर्नुपर्ने संरक्षणविद्को माग छ । अन्नपूर्णपोष्टबाट

    सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation