दाङ(मसुरिया)।भारी वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमका कारण दाङको राप्ती गाउँपालिकाले असार १६ र १७ गतेका लागि पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।शिक्षा शाखाले आइतबार जारी गरेको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीका आधारमा पठनपाठन स्थगित गरिएको उल्लेख छ। बन्द गरिएका दिनहरू वर्षे बिदाबाट कट्टी हुने पनि सूचनामा स्पष्ट गरिएको छ।गएको केही दिनदेखि लगातार परेको वर्षाले खोलानाला, इनार, पोखरीमा पानीको बहाव बढेको र जमिन भासिने खतरा देखिएकाले अभिभावक, शिक्षक र विद्यालयलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।बालबालिकालाई जलस्रोतबाट टाढा राख्न, जोखिमयुक्त क्षेत्रमा नजान दिन र मौसम पूर्वानुमानअनुसार मात्रै दैनिक कार्य सञ्चालन गर्न सूचनामार्फत अनुरोध गरिएको छ।
Advertisement