• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • २. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ८. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ९. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • १०. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठानको गौमुखी गाउँपालिका चराको महत्वपूर्ण वासस्थानका रूपमा पुष्टि भएको छ। हिमाली अनुसन्धान केन्द्रले गाउँपालिकाको सहयोगमा सात महिनासम्म सो क्षेत्रमा गरेको अध्ययनमा २१७ प्रजातिका ४ हजार ५ सय ३८ वटा चरा अभिलेख गरिएको छ।
    वि.सं. २०८१ को असोजदेखि २०८२ को वैशाखसम्म गरिएको सर्वेक्षणमा खुङको देउराली, कोठिभीर र ३,३ सय मिटर उचाइको नागिँ बन क्षेत्र समेटिएको थियो। सर्वेक्षणको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो। अनुसन्धानका क्रममा मंगोलियाबाट जाडोयाममा बसाइँ सर्ने दुर्लभ गोमायु चिल, दक्षिणतर्फ जाने कर्याङ–कुरुङ सारस, र नेपालमै बच्चा कोरल्न आउने स्वर्गचरी, कोइली, मुरलीचरा, सुनचरी, कस्तुरा, चाँचर लगायतका प्रजाति फेला परेका छन्।
    चराविद् कृष्ण भुसालका अनुसार तीमध्ये ९९ प्रजाति संरक्षण दृष्टिले महत्वपूर्ण छन्। संरक्षित चरामा नेपालमै पाइिने चिर कालिज र मुनाल पनि अभिलेख गरिएको छ। साथै, विश्वमै दुर्लभ मानिने डङ्गर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, गोमायु महाचिल र चिर कालिज समेत सोही क्षेत्रमा भेटिएको जनाइएको छ।
    भुसालका अनुसार १७ प्रजाति संकटापन्न सूचीमा छन् भने सीमित क्षेत्रमा मात्र पाइने ४ प्रजाति, विशेष भूगोलमा पाइने ६९ प्रजाति र साइटिस सूचीमा समावेश ३१ प्रजाति गौमुखीमा अभिलेख गरिएका छन्।
    चरासँगै अध्ययनमा ८ प्रजातिका पुतली, ५ प्रजातिका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरिसृप र १८ प्रजातिका स्तनधारी जनावर पनि अभिलेख गरिएका छन्।
    गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले यस अध्ययनले जैविक सम्पदा संरक्षण, वैज्ञानिक अनुसन्धान, ग्रामीण पर्यटन र स्थानीय जीविकोपार्जनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
    “दिगो विकासका सम्भावनाहरू यस अध्ययनबाट अझ प्रष्ट भएका छन्,” उहाँले भन्नुभयो।
    स्वच्छ हावा, चराको चिरबिर, पदमार्ग र प्राकृतिक दृश्यले भरिएको गौमुखी क्षेत्र हाइकिङ, ट्रेकिङ र प्रकृति अवलोकनका लागि उपयुक्त गन्तव्यको रूपमा विकास हुँदै गएको छ।
    तस्बिर: हिमाली अनुसन्धान केन्द्र

    Advertisement

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • २.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...