नवलपरासी । नवलपरासी पश्चिमको प्रतापपुर–५ स्थित बैदौली पुलबाट खस्दा एक युवक गण्डक नहरमा बेपत्ता भएका छन्।
प्रतापपुर–७ सूर्यपुराका १८ वर्षीय पवन रौनियार शनिबार बेलुका बजारबाट फर्किने क्रममा पुलको रेलिङ भाँचिएर नहरमा खसेका हुन्।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीका अनुसार, घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी सुरु गरे पनि अहिलेसम्म उनी फेला परेका छैनन्।
पानीको बहाव तीव्र भएकाले खोजीमा कठिनाइ भएको र बहाव घटाएर पुनः खोजी तीव्र बनाइने निरीक्षक क्षेत्रीले जानकारी दिए।
Advertisement