सागर थापा,७ मंसिर २०७५। जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका दाङका प्रहरी प्रमुख एसपी बेल पान्डेले अपराधीक गतिविधिलाई अन्त गरेर छोड्ने बताएका छन । उनले अपराधका पुराना फाईल खोलेर कारबाही प्रक्रीया अगाडि बढाउने उल्लेख गरे।होटलहरुमा हुने यौनधन्दा, गुन्डागर्दी, ठगी, तस्करी, फरार अपराधीहरुलाई खोजी खोजी कार्वाहीको दायरामा ल्याउने बताए। संचारकर्मीस्ंग भेटघाटको क्रममा दाङ एसपी पान्डेले भने ‘अपराधको हबको रूपमा परिचीत रहेको दाङ जिल्लालाई अब सुन्यमा झार्ने छु।’ दाङ जिल्लामा रहेको खोलाहरुबाट अबैध नदि जन्य उत्खनन लाई नियन्त्रण र अबैध क्रसर उद्योग माथि कडा निगरानी कडाइका साथ लागेर निर्मुल पार्ने एसपी पान्डेले बताए। कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भइ आएका एसपी पान्डेले बोलेर भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए। दाङमा भित्रने लागूऔषध कारोबारीलाई कडाइको साथमा चेकजाँच गरिने र फेला परे कडा कार्वाहीको दायरमा ल्याउने उनले बताए । जनमुखी भएर सेवा प्रबाह गर्ने बताउदै एसपी पान्डेले सानालाई एन ठुलोलाई चैन हुन नदिने स्पष्ट पारे। जनता सङ सहकार्य र सम्मन्बय गरि अगाडि बढने भन्दै उनले जनताको सेवामा २४ सै घन्टा आफू काम गर्न तयार रहेको जिकिर समेत गरे ।
‘पुराना अपराधीक फाइल हेर्छु ।’: एसपी पान्डे
‘पुराना अपराधीक फाइल हेर्छु ।’: एसपी पान्डे

Advertisement
तपाईको प्रतिक्रिया