नारायण भट्टराई,२ मंसिर २०७५ काठमाण्डौ
पछिल्लो समयमा बियोगान्त गीतहरुले बजारमा रामै् स्थान पाइरहेको बेला राम्जी पौडेल र कसम ठकुरीको आवाजमा रहेको आउँदा जाँदा भेटम्ला गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । एक दशक संगीतमा खर्चिसकेका राम्जी पौडेलको शब्द तथा लय सृजनामा रहेको गीतको संगीत समायोजन पछिल्लो क्रमका चर्चित एरेन्जर तारानाथ आचार्यले गरेका छन् ।
माया प्रितीमा बाँधिएका नयाँ जोडीको मन भित्रको उमगंलाई गीतमा उतार्न खोजिएको पौडेल बताउँछन् । गीतका शब्दमा तिमी छौ र बाँच्नुको अर्थ छ , तिमी मेरो सर्वश्व हौ भन्ने जस्तो भाव पाउन सकिन्छ ।
मौसम हिमालीले निर्देशन गरेको गीतमा प्रकाश सपुत र कसम ठकुरीको नृत्य र प्रेमकथालाई देखाउन खोजिएको छ । दुर्गा पौडेलले छायंकन गरेको गीतको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन् । प्रकाश सपुतको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीत आउँदा जाँदा भेटम्ला हेरेर प्रतिकृया दिन नभुल्नुहोला ।