कामना डेली, प्यूठान। बालबालिकाका लागी दिइने दिवा खाजा कार्यक्रम प्यूठानमा प्रभाबकारी देखिएको छ । विद्यालयमै दिवा खाजा पाएपछि विद्यार्थीहरु पढाइमा नियमित हुन थालेका छन्।
शिक्षाका लागि खाद्य कार्यक्रमले दिवा खाजा दिन थालेपछि बालबालिकाहरू निमयित विद्यालय आउन थालेको दिपेन्द्र प्रा बि बाङ्गेमरोटका प्रध्यानाध्यापक जगत थापाले बताउनुभयो ।
‘पहिले विद्यार्थी स्कुल आउन मान्दैनथे,आएका पनि टिफीन टाईममै घर जान्थे ।’ उहाँले भन्नुभयो,’यसले कक्षा छाड्ने समस्या हटेको छ।’
बिद्यालयले प्याकेटका खानेकुरा ल्याउन निषेध गरेका कारण बालबालिकाले घरबाटै खाजा बोकेर ल्याउने गरेका छन। खाजावापतको रकम प्रत्येक महिनाको अन्त्यमा दैनिक १५ रुपियाँका दरले अभिभावकलाई भुक्तानी दिने गरेको छ ।
शिक्षा विकास तथा सम्वन्य इकाइ प्रमुख शिव पण्डितले जिल्लाका ९ स्थानीय तहका ३ सय ९७ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमबाट झन्डै ४४ हजार बालबालिका लाभान्वित बनेको जानकारी दिनुभयो ।
’ बालबालिकाका लागि यो कार्यक्रम प्रभावकारी भएको छ ।’ उहाले भन्नुभयो।,’अभिभावकले बालबालिकालाई विद्यालय पठाउन रुचि देखाएका छन् ।’
उहांका अनुसार दिवा खाजा कार्यक्रमको बजेट सिँधै स्थानीय तहमा जाने गरेको छ ।
०६५ सालदेखि यहाँ दिवा खाजा कार्यक्रम संचालनमा छ ।