लागुऔषध सहित पश्चिम नवलपरासीबाट २ जना पक्राउ

सुनवल।प्रहरीले लागुऔषध सहित २जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलिले बर्दघाट २ चिसापानि स्थित महेन्द्र राजमार्गमा चेकजाच गर्ने क्रममा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ५४ प २७६५ नंको मोटरसाइकललाई रोकि चेकजाच गर्दा डिक्किमा लुकाइछिपाई राखेको अवस्थामा डाइजेपाम १८ एम्पुल, नुर्फिन १८ एम्फुल, फेनारागन १८ एम्पुल लागुऔषद फेलापरेको परेको छ । लागुऔषद संगै भरतपुर महानगरपालिका वडा नं २६का २६ बर्षिय आकाश गुरुगं र सोहि ठाउका बर्ष २९का अमित गुरुगं पक्राउ परेका छन् । पक्राउ परेका २ जना लाई लागुऔषध मुद्धामा मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान कार्य भैरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

Sharing Now!

You might also like

Comments are closed.